मेलाको अन्तिम दोस्रो दिनमा दर्शकहरुको खचाखच भिड

Posted on: 17 Dec, 2016

पुस २ ,नवलपरासी । नवलपरासीको सुनवलमा संचालित तेस्रो नवलपरासी औधोगिक तथा ब्यापार मेलामा शनिवार, मेलाको अन्तिम दोस्रो दिन मेलामा आउने दर्शकहरुको खचाखच भिड रहेको छ । मेलाको अन्य दिनको तुलनामा सनिवार मेला हेर्न आउने दर्शकहरुको संख्या उल्लेखनिय रहेको छ । बन्द कर्ताहरुले मेलालाई असर नपर्ने गरि मेलामा दर्शकहरु लिएर आउने गाडीहरुलाई भने निर्वाद रुपमा आउन दिएका छन् ।


शनिवारको मेलामा १० हजार भन्दा धेरै दर्शकहरुको उपस्थिती रहेका थियो भने कारोबारका हिसाबले १ करोड भन्दा मथिको कारोबार भएको उद्योग बाण्ज्यि संघ नवलपरासीका कोषध्यक्ष राजेश कुमार गुप्तले बताउनु भयो । शनिवारको दिन भरि आधुनिक गायक प्रमोद खरेल, लोक तथा दोहोरी गायक बैकुण्ठ महत, प्रचण्ड जिसि लगाएतले मञ्च तताएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!