बर्दघाटको चिसापानीदेखि महेशपुर जोडने कच्ची बाटो कालो पत्रे हुने

Posted on: 13 Nov, 2016

मोहम्मद ईजहार शेष/कात्तिक २८, परासी । बर्दघाट नगरपालिकाको चिसापानीदेखि महेशपुर जोडने कच्ची बाटो कालो पत्रे हुने भएको छ । 

उक्त बाटो चिसापानी हुदै जहदा स्थित मझौनी, बडहरा दुबौलियाको बडहरा र बडसार हुदै महेशपुर जोडिएको छ । उक्त बाटो निर्माणका लागि चिसापानी मझौनी बडसार महेशपुर सडक स्तरोन्नती बिकास समिति समेत गठन गरिएको छ । 

लोकतान्त्रिक फोरमका केनिद्रय सदस्य अनिल गौंडको अध्यक्षतामा गठन भएको उक्त समितिमा माकर, जहदा, बडहरा दुबौलिया र रामपुर खडौनाका ११ कार्य समिति सदस्य रहेका छन भने ७ सदस्सीय सल्लाहकार समिति समेत गठन भएको समितिका अध्यक्ष गौंडले बताउनु भयो । नेपाल सरकारको सडक विभागको योजना अन्तर्गत रहेको उक्त निर्माण योजना रमन कन्ट्रक्सनलाई रु १५ करोडमा टेन्डर दिईएको छ । 

समितिको आज बसेको बैठकले सडक डिभिजन कार्यालय बुटवलको समन्वयमा बडहरा दुबौलिया स्थित बडसारमा निर्माणधिन पुलदेखि माथि चिसापानीसम्मको बाटोलाई सर्वेक्षण गरि यहि महिनावाट काम सुरु गरिने गौंडले बताउनु भयो । 

निवर्तमान उप प्रधानमन्त्री विजय कुमार गच्छदारको बेला गत जेष्ठ उक्त बाटो निर्माणका लागि गौडकै नेतृत्वमा स्थानीयहरु डेलिगेसन समेत गएका थिए । १० मिटर चौडाई र १५ मिटर लम्बाईको निर्माण कार्य रहेको उक्त बाटो २ वर्ष भित्रै निर्माण हुने समितिका अध्यक्ष अनिल गौंडले बताउनु भयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!