बर्दघाटको ब्यापार मेलाको पूर्व उर्जा मन्त्री विष्ठद्धारा उद्घाटन

Posted on: 10 Nov, 2016

मोहम्मद ईजहार शेष, कात्र्तिक २५, परासी । नेकपा एमालेका केन्द्रिय सचिव एवं पुर्व उर्जा मन्त्री गोकर्ण विष्टले वर्दघाटमा शुरु भएको औद्योगिक ब्यपार मेलाको उदघाटन गरि सुभारम्भ गरेका छन् । वर्दघाट उद्योग बाणिज्य संघको आयोजनामा शुरु भएको कृषि , पर्यटन तथा औद्योगिक ब्यपार मेलाको उदघाटन गरि सचिव विष्टले सुभारम्भ गरेका हुन् ।

उनले मेलाको उदघाटन गर्दै नेपालमा आर्थिक समृद्धि नहुदां सम्म नेपालीहरुको दैनिक जिवनचार्यमा परिवर्तन आउन नसक्ने बताएका थिए । पुर्व उर्जा मन्त्री समेत रहेका सचिव विष्टले नेपालको युवा शक्ति विदेश पलायन भएका कारण नेपालले आर्थिक समृद्धिको पाटोमा पछि परेको बताए । उनले युवा शतिmको विदेश पलायनको रोकथामका लागि नेपाल सरकार र सरोकारवाल निकायले युवा शक्ति पलायन हुने काम रोक्न सके नेपालको गरीवि नयूनिकरण हुनेमा जोड दिएका थिए ।

त्यसैगरी अहिलेको संविद्यान नेपालका सबै नागरीकहरुको हक अधिकारको संरक्षण गर्न महत्वपूर्ण रहेकाले त्यसको कार्यान्वयनमा सबै दल र समुदायले सहयोगगर्न जरुरी रहेको बताए । ब्यापार मेला उद्घाटन कार्यक्रममा संसद कृष्ण पौडेल,सिन्दु जलेसा,पूर्व राज्य मन्त्री धनेश्याम यादव लगाएतले बोल्दै मेला आफैमा महत्वपूर्ण रहेकोले मेलाले स्थानिय कृषि उत्पाद,धार्मिक स्थल र पर्यटनको क्षेत्रमा समेत सहयोग पुग्ने विश्वास ब्यक्त गर्नु भएको थियो ।

आयोजक संस्थाका अध्यक्ष तथा मेला ब्यवस्थापन मूल समितिका संयोजक मिनराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय राजनितिक दलका नेता तथा विभिन्न सामाजिक संघ संस्थाका पदाद्यीकारीहरुको उल्लेखनिय सहभागिता रहेको थियो । मेला उद्घाटन पूर्व स्थानिय विभिन्न जात जाती र सामाजिक संघ संस्थाहरुको भांकी सहितको रयालीले नगर परिक्रमा गरेको थियो ।

बर्दघाट–२ चिसापानीको ढिंडारीफा आयोजना गरीएको ब्यापार मेला मंसिरको ५ गते सम्म संचालन हुने छ । बर्दघाटमा पहिलो पटक आयोजना गरीएको कृषि ,पर्यटन तथा औेद्योगीक ब्यापार मेलामा २ सय स्टलहरु तयार गरीए पनि स्टलहरुभने त्यत्ति प्रभावकारी हुन सकेको छैन ् । कृषी,पर्यटन,उद्योग र ब्यापार,राष्ट्र निमार्णको आधार’ भन्ने मुल नाराका साथ आयोजना गरीएको मेलामा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती रहने गरी ब्यवस्थागरीएको आयोजकले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!