आज पनि बढ्यो सुनचाँदीको मुल्य, तोलाको कति ?

Posted on: 28 May, 2024

जेठ १५,  काठमाडौँ ।  मंगलबार सुनचाँदीको मुल्य बढेको छ ।

सोमबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाले बढेर तोलाको १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै, आज तेजावी सुन पनि ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

आज चाँदीको मुल्य पनि ४० रुपैयाँले बढेर तोलाको १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!