तोलामा ५०० ले बढ्दै सुनको मूल्यमा बन्यो रेकर्ड, तोलाको कति?

Posted on: 19 Oct, 2023

कार्तिक २, काठमाडौँ | बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर रेकर्ड कायम गरेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एक लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यो हालसम्मकै सबैभन्दा उच्च मूल्य भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । यस अघि साउन ४ गते छापावल सुनको मूल्य एक लाख १३ जहार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुनको मूल्य एक लाख १३ हजार १५० रुपैयाँ कायम हुँदा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ कायम भएको छ ।

बुधबार एक लाख १३ हजार २ सय रुपैयाँमा छापावाल सुन, एक लाख १२ हजार ६५० रुपैयाँमा तेजावी सुन र १४ सय १० रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!