८ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो

Posted on: 04 Oct, 2023

असोज १७, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आज बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जनाएको छ।

मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ४०० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार १०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ । हिजोकै मूल्यमा आज चाँदीको कारोबार भइरहेको महासंघले जनाएको हो । महासंघका अनुसार आज चाँदी १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!