नेपाली बजारमा प्रतितोला १३ सयले घट्यो सुनको मूल्य

Posted on: 03 Oct, 2023

असोज १६, काठमाडौं | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको जानकारी दिएको छ । 

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ४०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्यपनि घटेको महासंघले जनाएको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेसँगै कारोबार मूल्य १३ सय १० रुपैयाँ तोकिएको छ । हिजो चाँदीको कारोबार मूल्य तोलामा १३ सय ४० रुपैयाँ थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!