यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on: 12 Sep, 2023

भदौ २६, काठमाडौँ | नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ५६ पैसा र बिक्री दर १३३ रूपैयाँ १६ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ २४ पैसा र बिक्री दर १४२ रूपैयाँ ८९ पैसा रहेको छ।   

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ८७ पैसा र बिक्री दर १६६ रूपैयाँ ६२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३६ पैसा र बिक्री दर ३६ रूपैयाँ ५२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!