आज बुधवार पनि सुनको मूल्यमा गिरावट, तोलाको कति ?

Posted on: 06 Sep, 2023

भदौ २०, काठमाडौँ | साताको चौथो दिन पनि सुनको मूल्यमा गिरावट भएको छ ।

बुधवार नेपाली बजारमा छापावाल सुन तोलामा तीन सयले घटेर १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन मङ्गलवार मात्रै प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँले गिरावट भई १ हजार ४३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!