गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लागि ५ करोड विनियोजन

Posted on: 16 Jun, 2023

असार १, बागमती |  बागमती प्रदेश सरकारले चितवनमा अलपत्र अवस्थामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लागि ५ करोड रकम विनियोजन गरेको छ ।

धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण गरेर हाल स्थगित रहेको रंगशाला निर्माणको लागि बागमती प्रदेश सरकारले ५ करोड रुपैँया बजेट विनियोजन गरेको हो ।

प्रदेशसभामा आज भएको बजेट भाषण मार्फत बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले आगामी आर्थिक वर्षमा प्रदेश सरकारले रंगशाला निर्माणको लागि ५ करोड विनियोजन गरेको जनाएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!