घोराही सिमेन्टको ४३५ रुपैयाँ प्रतिकित्ताको आईपीओ बिक्री खुला

Posted on: 15 Jun, 2023

जेठ ३२, काठमाडौँ | घोराही सिमेन्टको आईपीओ आजबाट (जेठ ३२) बिक्री खुला भएको छ । यो आईपीओ सर्वसाधारणका लागि खुला भएको हो ।

कम्पनीले १ सय अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले आईपीओ खुला गरेको हो । जस अनुसार कुल ६९ लाख ११ हजार ६७० कित्ता सर्वसाधारणका लागि खुला गरिएको छ । यसमा असार ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै बिक्री नभएमा असार १४ गतेसम्म बिक्री खुला रहनेछ ।

घोराहीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटलले गरेका छन् ।

घोराहीले यसअघि कर्मचारी, आयोजना प्रभावित, वैदेशिक रोजगारमा गएकाहरूका लागि आइपिओ बिक्री खुला गरिसकेको छ । कर्मचारी र आयोजन प्रभावितका लागि छुट्ट्याएको सेयरमा भने न्यून आवेदन परेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!