सोमबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on: 12 Jun, 2023

जेठ २९, काठमाडौँ |  साताको दोस्रो दिन सोमबार सुनको मूल्य १ सय रुपैयाँले घटेको छ ।

अघिल्लो दिन आइतबार मात्रै प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजाबी सुन तोलामा १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ४४५ रुपैयाँ कायम भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!