३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार?

Posted on: 09 May, 2023

वैशाख २६, काठमाडौं | सुनको मूल्य मंगलबार थप ३ सय रुपैयाँ वृद्धि हुँदै प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार थप ३ सय रुपैयाँले वृद्धि भएको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ३ सय रुपैयाँले नै वृद्धि हुँदै १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने स्थिर रहँदै अघिल्लो दिनकै मूल्य प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!