एकैदिन १८ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार?

Posted on: 03 May, 2023

बैशाख २०, काठमाडौँ | नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात् मंगलबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला एक हजार आठ सय रुपैयाँ बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दश हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार तीन रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। 

मंगलबार चाँदी प्रतितोला १४ सय ५ रुपैयाँमा किनबेच भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला २० रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!