तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदै कारोबार?

Posted on: 20 Apr, 2023

बैशाख ७, काठमाडौँ | सुनको मूल्य बिहीवार तोलामा ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सुनको मूल्य प्रति तोला एक लाख ९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।

बुधवार सुन तोलामा ३ सय रुपैयाँले बढ्दै प्रतितोला एक लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य प्रतितोला १४ सय ४५ रुपैयाँमा रहेको छ।

बुधवार तोलामा १० रुपैयाँले बढेको चाँदी बिहीवार स्थिर छ। अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीको मूल्य घट्दा यसको प्रभाव स्थानीय बजारमा देखिएको छ।

बिहीवार सुन प्रतिऔंस १९९२.४४ डलर र चाँदी प्रतिऔंस २५.०७ डलर छ। बुधवार सुन प्रतिऔंस २००२.८५ डलर र चाँदी २५.१८ डलरमा कारोबार भएको थियो।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!