तोलामा ७ सयले रुपैयाँले घट्यो सुनको मुल्य

Posted on: 10 Apr, 2023

चैत २७, काठमाडौँ | साताको दोस्रो दिन सोमबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३ सय रूपैयाँ कायम भएको छ ।

आइतबार १ लाख १० हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन पनि घटेर प्रतितोला १ लाख ८ हजार ८ सय रूपैयाँ निर्धारण गरिएको छ 

यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले घट्दै एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!