घट्यो सुनको मूल्य, आज कतिमा हुँदै कारोबार?

Posted on: 07 Apr, 2023

चैत २४, काठमाडौँ | स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तोलाको १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको आज २ सय रुपैयाँले घट्दै १ लाख १० हजार रुपैयाँमा झरेको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले नै घट्दै १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!