नयाँ कीर्तिमान कायम गरेको सुनको भाउ घट्यो, कतिमा हुँदै कारोबार?

Posted on: 06 Apr, 2023

चैत २३, काठमाडौं | बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भयो। उबुधवार छापावाला सुनको मूल्यले नयाँ रेकर्ड बनाएर १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो । आज बिहीवार भने सुनको मूल्य  ८०० रुपैयाँले घटेको छ ।

बिहीवार प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख १० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार बिहीवार तेजावी सुनको मूल्य भने प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँ कायम भएको छ । 

सुनको मूल्य घटेसँगै बिहीवार चाँदीको मूल्य पनि घटेको छ । बिहीवार चाँदीको मूल्य वुधवारको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेको छ ।

बुधवार चाँदी प्रतितोला १ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो भने बिहीवार १ हजार ४३५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!