बहराइन सरकारले लगायो प्रवेशमा नयाँ नियम

Posted on: 19 Feb, 2021

फागुन ७, काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण बहराइनले आफ्नो देश प्रवेशमा नयाँ नियम लागु गरेको छ । बहराइन यात्रा गर्ने सम्पूर्ण यात्रुका लागि बहराइन सरकारले थप दुई वटा पीसीआर अनिवार्य गरेको हो।

फ्रेबु्रअरी २२ देखि लागू हुने गरी बहराइन प्रवेश गर्नेका लागि थप दुईवटा पीसीआर अनिवार्य गरिएको जनाएको छ । यसअघि बहराइन जानेले विमानस्थलमा एक पटक, गएको पाँचौँ तथा १० दिनभन्दा बढी समय बहराइनमा बस्नेले १० औँ दिनमा पुन; पीसीआर परीक्षण गर्नुपर्ने नियम ल्याएको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ । 

यस्तै बहराइन पुगेपछि BeAware नामक डिजिटल एप पनि डाउनलोड गर्नुपर्ने भएको छ । दूतावासका अनुसार विमानस्थलमा गरेको पीसीआरको रिपोर्ट नआउँदासम्म सेल्फ आइसोलेट भएर बस्नपर्छ । परीक्षणमा यदि कोरोना पोजेटिभ देखिएमा बहराइनकै स्वास्थ्य मन्त्रालयले सम्पर्क गर्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!