भदौ ४, काठमाडौँ | आगामी शुक्रबार २३ अगस्ट २०१९ का दिन हुन गैईरहेको एन आर एन ए (एनसिसि) कतारको चुनावमा अध्यक्ष पदका उम्मेदवार तेज कटुवालले आफ्नो प्रतिबद्धता सार्बजनिक गरेका छन।
सनैया स्थित व्हाईट हाउस रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि आउदो २३ तारिख शुक्रबारका दिन हुन लागेको एन आर एन ए (एन सी सी) कतारको चुनाब बाट अध्यक्ष पदमा बिजय भए पश्चात् आफुले समाज प्रती गर्ने काम कर्तब्य तथा लक्षका बारेमा सार्बजनिक गरेका छन । दोहामा स्थापित दर्जनौ संघ सस्थाका प्रतिनिधिहरु बुद्धिजीवी, ब्यबसायी, व्यापारी, कलाकार, पत्रकार सयौ नेपाली दाजुभाई तथा दिदी बहिनिहरुका बिचमा अध्यक्ष पदका उमेदवार तेज कटुवालले आफ्ना लक्ष उदेश्यहरु सार्बजनिक गरेका थिए ।
नेपालको पुर्बी भाग भोजपुरमा जन्मी इटहरी सुनसरीका स्थायी बासिन्दा तथा अन्त्यतै मिलनसार सामाजिक भावनाबाट ओतप्रोत ब्यक्तित्व कटुवालले आफुले गर्ने कार्यहरूलाई पाँच भागमा वर्गीकरण गरि पेश गरेका थिए । जस अनुसार उनले यसरी कार्य बिभाजन गरेका छन् (१) प्रशासनिक संचालन
(२) सामाजिक कार्यहरु (३) समाजका लागि दीर्घकालीन कार्ययोजना (४) अग्रज अभियन्ता र आई सि सि सङको सहकार्य र (५) आर्थिक ब्यबस्थापनका बिषयमा विशेष गरि काम गर्ने इच्छा जाहेर गर्दै कटुवालले आफ्ना प्रतिबद्धता सार्बजनिक गरेका थिए ।
उनले कतारमा रहेका सम्पुर्ण नेपालीहरुमा अपिल गर्दै तपाईहरुले दिएको साथ सहयोगको पुर्ण रुपमा पालना तथा सदुपयोग गर्दै कतारमा नेपाली समाजको लागि एउटा स्वर्णिम अध्यायको शुरुवात गर्ने तिब्र चाहाना रहेको समेत बताएका छन् ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!