दक्षिण कोरियामा प्रबासीको संङख्या बढ्यो, काम खोज्न अझ कठिनाई हुन सक्ने

Posted on: 20 Jan, 2019

अर्जुन बराल | माघ ६, काठमाडौं | कोरियाको न्यायमन्त्रालयले यहि डिसेम्बर १९ तारिखका दिन आप्रबासी कामदारको अबस्था र रोजगार सँग सम्बन्धित सन् २०१८ को सर्बेक्षण तथ्याङ्क प्रकाशित गदै बिगतका बर्षमा भन्दा सन् २०१८ मा नयाँ रोजगारी खोज्ने उत्पादन क्षेत्रका एंवम अस्थायी ज्यालादारी कामदारहरुको संङख्यामा ५०००० ले बृद्दि भएको जनाउँदै काम खोज्न अझ कठिन हुँन सक्ने बताएको छ |

आप्रबासीहरुको कुल संङख्यामा मे, २०१८ को अन्त्यसम्ममा आईपुग्दा कुल छ प्रतिशतले बृद्दि भएको कारणले बरोजगारी बृद्दिदरमा केहि बढ्न गएको उल्लेख छ ।

रोजगारको खोजीमा बाह््रय मानिसको दक्षिण कोरियामा बृद्दि भैरहनु र कामको खोजीमा ढिलाई सँगै कठिनाई बढदै जाँदा अन्तिम मे महिना सम्ममा कुल रोजगारदरको ४ प्रतिशतले बेरोजगारदर बृद्दि हुँन पुगेको थियो । आप्रबासी कामदारका लागि बृद्दि भएका कोटाहरु अस्थायी ज्यालादारीका कारण भारीरुपमा श्रमबजारमा गिरावट हुँदा नै कामदारको संङख्या बढ्न गयो । उत्पादन तथा निर्माण लगाएत अन्य क्षेत्रमा गरि ५१००० रोजगार संङख्या बृद्दि भएतापनि सामान्य रोजगार क्षेत्रमा परेका संकेतका आधारमा रोजगारदाताहरुले १७९००० ले गिरावट भएको देखाए ।

त्यस्तै रोजगारदाताहरुले अनिबार्य रोजगार बिमाबाट पनि आप्रबासी कामदारलाई बाहिर राखेका छन् । औद्योगिक दुर्घटना बिमामा अनिबार्य गर्नुपर्ने आश्रित परिवारहरुको सेवाहरुमा पनि  अपेक्षाकृत रुपमा पालना नगरेको देखिएको छ । बित्तिए बोझबाट बच्न स्वास्थ्य सेवाको पहुँचमा पनि आप्रबासी कामदारलाई टाढा राखिएको छ भने उपचारमा लाग्ने खर्चमा समेत रोजगारदाताले केवल ३७ प्रतिशत र कामदार स्वयंमले २५.७ प्रतिशत भुत्तानी भएको पाईएको तथ्याङ्कमा उल्लेख छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!