गर्भावस्थाको मुख्य लक्षण के-के हुन् ? यस्ता छन् गर्भवती महिलाले ध्यान दिनैपर्ने कुराहरु

Posted on: 22 Feb, 2019

प्रत्येक गर्भवती महिलाको स्वास्थ्य राम्रो हुनु जरुरी छ । उनले राम्रो वा पोषणयुक्त खाना र परिवार तथा छरछिमेकको स्नेह र सहयोग पाउनु पर्छ । स्वस्थ महिलाहरू गर्भावस्थामा तथा सुत्केरी हुँदा कुनै कठिनाइ महसुस गर्दैनन् र त्यस्ता महिलाबाट जन्मिएका बालबच्चा पनि स्वस्थ हुन्छन्।

गर्भावस्थाका मुख्य लक्षणहरु

-समयमा महिनावारी नहुने    

-थकाइ लाग्ने वा जिउ गल्ने

-शरीरमा ज्वरो आएजस्तो लाग्ने

-कुनै खानेकुरा धेरै खान मन लाग्ने वा खानै मन नलाग्ने

-बारम्बार पिसाव लाग्ने

-स्तन गानिएर आउने, ठूलो हुने

-ढाड (तल्लो भाग ) दुख्ने

-गर्भ रहेपछि हल्का रक्तश्राव हुने

-टाउको दुख्ने

-दिक्क लाग्ने वा तनाव हुने

-बिहान उठ्ने बित्तिकै बिरामी हुने

गर्भावस्थाका शारीरिक परिवर्तनहरु

पहिलो १२ हप्ता

-खाना अमन हुने,

-वाकवाकी लाग्ने,

-स्तन दुख्ने तथा भारी हुने

१३– २८ हप्ता

-वाकवाकी लाग्न हराउने

-छालाको रङ परिवर्तन हुने

-मुखमा चायाँ, पोतो आउने

-पेट बढेको देखिने

-पेटमा बच्चा चलेको थाहा पाउन सुरु हुने

-पहिलो पटक गर्भवती भएमा महिलाले १८ हप्तामा र  पहिले बच्चा जन्माइसकेका महिलाले १६ हप्तामा गर्भमा शिशु चलेको चाल पाउन थाल्छन्।

२८ देखि ४० हप्ता

-पाठेघरको आकार बढ्दै जानाले पेट अझ बढ्दै जाने

-बढ्दै गरेको पाठेघरले पिसावको शैली थिच्ने हुनाले पटकपटक पिसाव लाग्ने

-ढाड दुख्ने

-आठौं महिनामा घरिघरि पाठेघर खुम्चिने र पेट दुख्ने

-नवौं महिनामा बढेको पाठेघरले पेटमा, मुटुमा र फोक्सोमा दवाव दिने कारणले सास फेर्न गाह्रो हुने र थोरै खाना खादाँ पनि पेट भरिएर अप्ठ्यारो हुने

गर्भावस्थाका असाधारण लक्षणहरु

-ज्वरो आउने

-योनीबाट अकस्मात् रगत वा तरल पदार्थ बग्ने

-पिसाव पोल्ने, पिसाव फेर्न गाह्रो हुने

-पखाला लाग्ने, निरन्तर वान्ता हुने

-पोट दुख्ने

-टाउको दुख्ने, आँखा धमिलो हुने, रक्तचाप १३०÷९० भन्दा माथि हुने

-अत्याधिक तौल बढ्ने अथवा तौल बढ्दै नबढ्ने, खुट्टा अत्याधिक सुन्निने 

-तैताला,हत्केला र शरीर चिलाउने 

प्रसुतिपूर्व अपनाउनुपर्ने कुराहरु

-सफा रहने र सधै नुहाउने

-पौष्टिक खाना खाने

-हलुका, खुकुलो र आरामदायी कपडा लगाउने

-ठूलो हिल भएको जुत्ताचप्पल नलगाउने

-तनावयुक्त काम नगर्ने

-आराम गर्ने

-चिल्लो, पिरो,अमिलो आदि नखाने

-९ महिना लागेपछि दिनको १० घण्टासम्म आराम गर्ने

-राति ८ घण्टा सुत्ने तथा दिनमा २ घण्टा बायाँ कोल्टे परेर पल्टिने

-कब्जियत कम गर्न धेरै मात्रामा पानी पिउने, हरियो सागसब्जी खाने र दुध पिउने

-जाँड, रक्सी तथा चुरोट नपिउने

-विशेषगरी पहिलो तीन महिना र अन्तिमको डेढ महिनामा सकेसम्म लामो यात्रा नगर्ने

-मोटरसाइकल÷स्कुटर नचलाउने

-शारीरिक सम्र्पक नराख्ने

-चिकित्सकको सल्लाहविना जथाभावी औषधिहरु नखाने÷ प्रयोग नगर्ने

-टिटानस सुई लगाउन

गर्भावस्थामा प्रोटिन,आइरन, क्याल्सियमयुक्त खाना बढी खानुपर्छ । सख्खरखण्ड, हरियो ताजा सागपात,भटमास,गेडागुडी, जागर, ब्रोकाउली,काउली तरकारी खानुपर्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!