त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इटालियन नागरिक पक्राउ

Posted on: 24 Jan, 2023

माघ १०, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ लाख १४ हजार भारतीय रुपैयाँ सहित इटालियन नागरिक रोबर्ट मिगानीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

ईन्डिगो एयरको उडान नम्बर ६ ई ३२ द्वारा काठमाडौँबाट दिल्ली हुँदै गोवा जान लागेका रोबर्टलाई विभिन्न दरको उक्त भारतीय रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो। उनलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन पुल्चोक ललितपुर पठाइएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!