संसारको ‘सबैभन्दा खतरनाक बिरुवा’ जसले आत्महत्याका लागि बाध्य बनाउछ

Posted on: 07 Nov, 2022

एजेन्सी | जिम्पाई–जिम्पाईलाई विश्वको ‘सबैभन्दा खतरनाक बिरुवा’ भन्ने गरिन्छ । यो हेर्दा निकै नै साधारण बिरुवाजस्तो देखिन्छ । तर यसलाई छुँदा यसको काँडाले तपाईंलाई एकैपटक तातो एसिडले जलेको र बिजुलीको झट्काको महसुस गराउँछ । यो बिरुवाले मानिसहरुलाई यति तड्पाउँछ कि मानिसहरु आत्महत्याका लागि बाध्य हुन्छन् । त्यसैले त यसलाई ‘सुसाइड प्लान्ट’ समेत भन्ने गरिन्छ ।


दुखाईले पागल भएका व्यक्तिले आफैँलाई हाने गोली

एक व्यक्तिले कथित रुपमा दुखाईका कारण पागल भएपछि आफूलाई गोली हानेका थिए किनभने ती व्यक्तिले यसको पातलाई टोयलेट पेपरको रुपमा प्रयोग गरेका थिए । अक्सफोर्डका शिक्षक डेनिएल आफैँले पनि यसको खतराको सामना गरिसकेका छन् । उनले भने, ‘कुहिनासम्म पुग्ने लामो पञ्जा लगाउँदा पनि यसको काँडाले मलाई पनि थोरै घोचेको थियो तर त्यो सामान्य थियो, मैले खासै ठूलो समस्याको सामना गर्नुपरेन ।’

जिम्पाई–जिम्पाई प्रायः उत्तरपूर्वी अष्ट्रेलिया र मलेसियाको उष्णकटिबन्धीय वर्षावनहरुमा सिमित छ ।‘एंकल बाइटर’ समेत भनिने यो बिरुवा १५ फिटसम्म पुग्न सक्छ तर प्रायः यो लगभग ३ फिटसम्म बढ्छ । केही रिपोर्टका अनुसार,  यदि जिम्पाई–जिम्पाईको काँडालाई छालाबाट निकालिएन भने यसलाई छोएका व्यक्तिलाई एक वर्षसम्म तनावमा पार्न सक्छ ।

Can torture its victims for over a year

केही रोमाञ्चक गर्नका लागि बेलायतका एक व्यक्तिले रोपे बिरुवा

यति खतरनाक हुँदा पनि बेलायतका एक व्यक्तिले यसलाई आफ्नो घरमा उमारेका छन् । उनले यो बिरुवालाई पिँजडा भित्र बन्द गरेर राखेका छन् जसमा ‘खतरा’ को निशान बनेको छ ।

डेलीमेलको खबर अनुसारडेनिएल एमलिन–जोन्सले जिम्पाई–जिम्पाईलाई निकै सावधानीपूर्वक हुर्काइरहेको बताएका छन् । उनले भने, ‘म एक मूर्खजस्तो देखिन चाहन्नँ । त्यसैले मैले यसलाई निकै सुरक्षित तरिकाले हुर्काइरहेको छु । केही बोटानिकल गार्डेनमा यो बिरुवा रोचक नमुनाको रुपमा रहनेछ ।’

Gympie-gympie: British man grows 'world's most dangerous plant' with a  sting so bad it causes months of pain | The Independent

डेनिएल बोर भएका थिए र केही रोमाञ्चक गर्न चाहन्थे । उनले भने, ‘आफ्नो बगैँचामा धेरै नै केरा फलाएपछि मैले सोचेँ कि जिम्पाई–जिम्पाईले धेरै कुरामा रोमाञ्चकता थप्नेछ । मैले यसलाई वसन्तको मौसममा रोपेको थिएँ । ’उनले भने, ‘यसले मेरो गार्डेनिङमा थोरै भएपनि रोमाञ्चकता थप्ने सोचपछि यो बिरुवा रोप्ने निर्णय लिएको हुँ । तपाईंले यसको बिऊ इन्टरनेटमा पाउन सक्नुहुन्छ तर यो जहाँ पायो त्यहि उम्रिदैनँ । मैले यसलाई मेरो घरको अगाडिको कोठामा राखेर उमारेको हुँ । मैले यसको बिऊ अष्ट्रेलियाको एउटा कम्पनीबाट पाएको हुँ । यसको ६० अष्ट्रेलियन डलर जति परेको थियो, त्यसैले यसलाई सस्तो भन्न मिल्दैन ।

This Is What the 'World's Most Dangerous' Shrub, the 'Suicide Plant,' Looks  Like



यस बिषयमा तपाइको प्रतिक्रिया...!