उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्रले जापानी क्षेत्र पार गर्यो, नागरिकलाई घरभित्रै बस्न आग्रह

Posted on: 03 Nov, 2022

कात्तिक १७, काठमाडौँ | एजेन्सी | उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । क्षेप्यास्त्रले प्रशान्त महासागरतर्फ जापानको क्षेत्र पार गरिसकेको जापान सरकारले जनाएको छ । 

बिहीबार जारी गरिएको जे–अलर्ट आपतकालीन प्रसारण प्रणालीअनुसार जापानको सरकारले उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणपछि मियागी, यामागाटा र निगाटा प्रान्तका बासिन्दाहरूलाई घर भित्र शरण लिन आग्रह गरिएको छ । 

बुधबार  उत्तर कोरियाले आफ्नो भूभागमा १० वटा क्षेप्यास्त्र प्रहार भएको दाबी गरेको थियो । उत्तरले प्रहार गरेको क्षेप्यास्त्र प्रहारबारे थप विवरण सार्वजनिक हुन बाँकी छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!