दिल्लीबाट बैंग्लोर जादै गरेको इन्डिगो विमानको इन्जिनमा आगलागी

Posted on: 29 Oct, 2022

कात्तिक १२, नयाँ दिल्ली | दिल्लीबाट बैंग्लोर जाँदै गरेको इन्डिगो विमानको इन्जिनमा उडान भर्ने क्रममा आगलागी भएको छ । आगलागीका कारण विमानलाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरियो ।

यो घटना शुक्रबार राति १० बजेतिर भएको हो । स्रोतका अनुसार विमानमा सवार सबै यात्रु सकुशल छन्  । विमानमा १७७ यात्रु र सात चालक दलका सदस्य थिए । 

इन्डिगोले पनि विज्ञप्ति जारी गरी यो घटनाको बारेमा जानकारी दिएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!