इजरायलद्धारा युएइका लागि पहिलो राजदूत नियुक्त

Posted on: 26 Jul, 2021

साउन ११, तेल अभिभ (रासस/सिन्ह्वा)। इजरायलले संयुक्त अरब इमिरेट्स (युएइ)का लागि पहिलो पटक राजदूत नियुक्त गरेको छ ।  दुई देशबीचको सम्वन्ध सामान्य हुदै गएकाले राजदूत नियुक्त गरिएको इजरायलका विदेश मन्त्रीले आइतबार जानकारी दिनुभएको छ । 

इजरायली विदेश मन्त्री याइर लापिडले इजरायलको तर्फबाट युएइका लागि राजदूतमा अमिर हइकलाई नियुक्त गरिएको जानकारी दिनुभयो । 

राजदूतमा नियुक्त हुनुभएका हइक यसअघि उद्योग, व्यापार र रोजगार मन्त्रालयका निर्देशकका रुपमा काम गर्नुभएको थियो । उहाँ राम्रो अर्थशास्त्रीका रुपमा पनि परिचित हुनुहुन्छ । “हइकसँग अर्थतन्त्र र पर्यटनको क्षेत्रका बारेमा पर्याप्त अनुभव र ज्ञान छ, त्यसलाई उहाँले सदुपयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौँ,” विदेश मन्त्री लापिडले भन्नुभयो । 

उहाँको अनुभव, क्षमता, योग्यता र विज्ञताले दुई देशको सम्वन्धलाई राम्रो बनाउदै दुबै पक्षको हितका कामहरु हुने आशाा गरिएको बताउनुभयो ।     

यस बिषयमा तपाइको प्रतिक्रिया...!