इतिहादले कर्मचारीहरु पुन:भर्ति गर्दै

Posted on: 22 Jul, 2021

साउन ७, काठमाडौँ | युएईको आवुधावीमा आधारित एयरलाइन्स इतिहादले आफ्ना कर्मचारीहरु पुन:भर्ति गर्ने भएको छ । 

इतिहादले महामारीको कारण हजारौं कर्मचारीलाई रोजगार दिन नसक्ने भन्दै कामबाट फिर्ता पठाएकोमा पुनर्भरण गर्ने तयारी गरेको हो । यसलाई निकट भविष्यमा युएईले बिभिन्न देशलाई लगाएको यात्रा प्रतिबन्ध फिर्ता हुने संकेतका रुपमा लिईएको छ ।  

इतिहाद एयरलाइन्सले पुर्व कर्मचारीहरुलाई कम्पनीमा पुन: भर्ति हुनको लागि सूचिकरण दर्ता गर्न अनुरोध गरेको छ । एयरलाइन्सले महामारीको कारण झन्डै एक तिहाई कर्मचारीलाई कामबाट फिर्ता पठाएको थियो । जसमध्य क्याविन क्रु मेम्बरहरुको संख्या मात्र दुइ हजारभन्दा बढी रहेका छन् । 

इतिहादले रिहायर गर्न लागेका आफ्ना पूर्व कर्मचारीहरुले कोरोना विरुद्धको खोप लगाइसकेको आशा गरेको छ । यो एयरलाइन्स विश्वमै पहिलो यस्तो एयरलाइन्स हो, जसको चालक दल र क्याविन क्रु मेम्बरहरु पूर्ण खोपयुक्त छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!