राष्ट्रपति चुनाव जितेमा युक्रेनलाई ट्रम्पले पैसा बन्द गर्ने

Posted on: 11 Mar, 2024

फागुन २८, काठमाडौँ | अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपति चुनावमा आफूले जितेर आएमा युक्रेनलाई अमेरिकाले दिँदै आएको पैसा बन्द गर्ने बताएका छन् ।

रुसी विश्व च्यानल आरटीका अनुसार केही समय अगाडि अमेरिकामा निम्त्याइका हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्वानसँग ट्रम्पले यस्तो भनेको ओर्वानले बताएका छन् ।


ट्रम्पले चुनावी प्रचारको एक कार्यक्रमको लागि ओर्वानलाई बोलाएका थिए । गत शुक्रबार ट्रम्पको मार अलागो नामको फ्लोरिडाको रिसोर्टमा ट्रम्प र ओर्वानको भेट भएको थियो । भेटको कुरा एम वान नामक प्रसारकसँगको अन्तरवार्तामा सुनाउने ओर्वानले ट्रम्पले चुनाव जितेमा युक्रेनलाई एक सुको नदिने बताएको बताएका छन् । उनले थपेका छन्, ‘अमेरिकाले पैशा दिन बन्द गरेपछि युरोपेलीहरुले मात्रै यो युद्धलाई खर्च दिन सक्दैनन् र युद्ध अन्त्य हुन्छ ।’


यस बिषयमा तपाइको प्रतिक्रिया...!