अष्ट्रेलियाका इसाई धर्म गुरु बलात्कारको आरोपमा पक्राउ

Posted on: 22 Feb, 2024

एजेन्सी | अष्ट्रेलियाका इसाई धर्म गुरु क्रिस्टोफर सन्डर्सलाई बलात्कारको आरोप लागेको छ ।

अष्ट्रेलियाका बिसोप भनेर चिनिने उनलाई बुधवार पक्राउ गरिएको छ । ७४ वर्षका इसाई धर्मगुरु क्रिस्टोफर क्याथोरिक क्षेत्रका बलात्कारको आरोप लाग्ने सबैभन्दा ठूला अनुहार हुन् ।


उनलाई १४ बलात्कार देखि बालबालिकासँग अनैतिक हर्कत गरेका विभिन्न आरोपहरू लागेका छन् ।

उनका आरोपहरू पश्चिम अष्ट्रेलियाली सहरहरू ब्रुम, कुनुनुरा आदिमा सन २००८ देखि सन २०१४ सम्मका हुन् ।

क्रिस्टोफर पक्राउ परेसँगै अष्ट्रेलियाका धर्म गुरुहरूले अनुसन्धानलाई सहयोग गर्ने बताएका छन् ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!