इजरायली र तीन विदेशीसहित थप १७ बन्धक रिहा

Posted on: 27 Nov, 2023

मङ्सिर ११, काठमाडौं | हमासले थप १४ इजरायली र तीन विदेशी बन्धकलाई रिहा गरेपछि इजरायलले पनि आफ्नो जेलबाट ३९ प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । इजरायली सेनाले ३९ प्यालेस्टाइनीलाई जेलबाट रिहा गर्ने बित्तिकै उनीहरूले आफ्नो झण्डा फहराएका थिए । 

हमास र इजरायलबिच भएको सम्झौताअनुसार चार दिने अस्थायी युद्धविराम घोषणा गरिएको थियो, जुन शुक्रबारदेखि लागू भएको छ । सोमबार यो युद्धविरामको चौथो दिन हो। दुईबिचको युद्धविरामको अवधि थपिने देखिन्छ ।

आइतबार राति हमासले इजरायली बन्धकहरूलाई रिहा गर्ने सङ्ख्या बढाउने बदलामा युद्धविराम लम्ब्याउने प्रस्ताव गरेको थियो। प्यालेस्टाइनका एक वरिष्ठ अधिकारीका अनुसार हमासले मध्यस्थकर्ताहरूलाई थप २० देखि ४० जना बन्धकहरूलाई रिहा गर्ने बदलामा दुईदेखि चार दिनका लागि युद्धविराम लम्ब्याउन चाहेको बताएको छ।


यसपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले एक विज्ञप्तिमा सम्झौताको धारा उल्लेख गरे जस अन्तर्गत प्रत्येक थप १० जना बन्धकको रिहाइको बदलामा यो अस्थायी युद्धविराम २४ घन्टाका लागि लम्ब्याउने भनिएको थियो। उनले सहमतिको यो बिन्दुलाई 'वरदान' को रूपमा वर्णन गरे।

यद्यपि, उनले सम्झौता लागू हुने बित्तिकै ’अस्थायी युद्धविराम समाप्त हुन्छ, इजरायलले पूर्ण शक्तिका साथ आक्रमण गर्ने’ बताएका छन् । हमास र इजरायलबिच चलिरहेको सम्झौता अन्तर्गत, हमासले कुल ५० इजरायली बन्धकहरूलाई रिहा गर्दैछ र बदलामा इजरायलले आफ्नो जेलबाट जम्मा १५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ।

यस अवधिमा इजरायलले गाजामा कुनै आक्रमण गर्ने छैन भने चार दिनसम्म कुनै गिरफ्तारी हुनेछैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!