स्पेनकी राजकुमारी लियोनर सेनामा भर्ना, राजारानी भावुक

Posted on: 19 Aug, 2023

भदौ २, एजेन्सी | स्पेनकी राजकुमारी लियोनर आफ्नो देशको सेनामा भर्ना भएकी छिन् । जसका कारण विश्वभर यस विषयको चर्चा भइरहेको छ ।

दरबारमा बस्ने राजकुमारी लियोनोरले अब भारी आर्मी बुट र बर्दी लगाएर युद्ध तालिममा सहभागी हुनेछिन् । राजकुमारीको उमेर मात्र १७ वर्ष छ ।

लियोनरले तीन वर्ष सैन्य तालिम लिने निर्णय गरेकी छिन् । राजकुमारी लियोनर स्पेनका राजा फेलिप र रानी लेटिजियाकी जेठी छोरी हुन्। उनलाई बिहीबार नै परिवारको तर्फबाट युद्ध तालिमका लागि शाही बिदाइ गरिएको छ। राजकुमारी जारागोजा बिहीबार आर्मी एकेडेमी पुगेकी थिइन् । राजकुमारीसँग उनको परिवारका अन्य सदस्यहरू पनि थिए।

राजा फेलिप स्पेनी सेनाका सर्वोच्च कमाण्डर हुन्। उनले जरागोजा मिलिटरी एकेडेमीबाट तालिम पनि लिएका छन् । ५० वर्षीया रानी लेटिजियाले लियोनरलाई अँगालो हालेर भावुक भइन् । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजकुमारी लियोनरले मार्चमा यो जागिरका लागि आवेदन दिएकी थिइन् । राजकुमारी लियोनरले आगामी तीन वर्षसम्म कडा सैन्य तालिम लिने बताइएको छ ।

धेरै कारणले स्पेनको शाही परिवार विगत एक दशकदेखि धेरै विवादमा रहेको र आफ्नो छवि सुधार्न सक्दो प्रयास गरिरहेको बताइएको छ । यसै सन्दर्भमा राजकुमारीले यस्तो निर्णय लिएकी छिन् । यो पनि भनिएको छ कि यदि शाही परिवारमा कुनै पुरूष जन्मिएनन् भने लियोनोर परिवारको अर्को उत्तराधिकारी हुनेछिन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!