अमेरिकाको जङ्गलमा लागेको डढेलोमा परि मर्नेको सङ्ख्या ९३ पुग्यो

Posted on: 14 Aug, 2023

साउन २९, एजेन्सी | अमेरिकाको जङ्गलमा लागेको भीषण डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । एक सातादेखि लागेको डढेलोमापरि मर्नेको संख्या ९३ पुगेको अधिकारीहरूले जनाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाको हवाईको जङ्गलमा लागेको आगलागीका कारण अहिलेसम्म ९३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

स्थानीय प्रहरी अधिकारीका अनुसार मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने छ भने सो आगलागीको चपेटामा परी सयौं घाइतेसमेत भएका छन् । अमेरिकाको जंगलमा विगत १०० वर्षमा लागेको यो सबैभन्दा भयानक आगलागी हो ।

हवाईका गभर्नरले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरेका छन् । माउई र लाहैना जस्ता सहरमा २२ सयभन्दा बढी घरहरु जलेका छन भने सयौं सवारी साधान पनि आगजानीका कारण ध्वस्त भएका छन् । बिजुली तथा खानेपानीसमेत नहुदाँ मानिसहरूको दैनिक जीवन थप कष्टकर भएको छ । अधिकांस मानिसले घर छाडेर हिडेका छन् ।  

हवाईमा आगलागीका कारण ४९ लाख ७७ हजार करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गभर्नरका अनुसार हरेक दिन करिब १५ हजार मानिसले आफ्नो घर छाड्नुपरेको छ । हवाईका गभर्नर जोस ग्रीनले भने माउइ टापुमा लागेको डढेलोबाट भएको क्षतिलाई पुनर्निर्माण गर्न धेरै वर्ष लाग्ने र  संघीय सरकारले पुनर्निमाणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!