टर्कीमा फेरि भूकम्पको धक्का, केही भवन भत्किँदा २३ जना घाइते

Posted on: 11 Aug, 2023

साउन २६, एजेन्सी | टर्कीमा फेरि भूकम्प गएको छ । टर्कीको दक्षिणी क्षेत्रमा बिहीबार राति ५.३ म्याग्निच्युडको भूकम्प गएको हो । 

मिडिया रिपोर्टका अनुसार भूकम्पका कारण धेरै भवनमा क्षति पुगेको छ भने २३ जना घाइते भएका छन् । भूकम्पको केन्द्रबिन्दु मलात्या प्रान्तको येसिलुरट सहरमा रहेको जनाइएको छ । 

टर्कीका स्वास्थ्य मन्त्री फहरेटिन कोकाले एक सामाजिक सञ्जाल पोस्ट गर्दै मालत्या र अदियामानमा भवनहरू भत्किँदा मानिसहरू घाइते भएको बताएका छन्। भूकम्पबाट बच्न मानिसहरु भवनबाट हाम फालेका छन् भने केही घाइते भएका छन् ।

स्थानीय टिभीमा प्रसारण गरिएको भिडियोमा भूकम्पले भवनहरू भत्काइएको दृश्य देखाइएको छ । 

गत फेब्रुअरीमा गएको विनाशकारी महाभूकम्पबाट दुवै स्थानहरू प्रभावित भएका थिए, जसमा ५० हजारभन्दा बढीको ज्यान गएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!