चन्द्रयान–३ ले पठायो चन्द्रमाको पहिलो तस्बिर

Posted on: 07 Aug, 2023

साउन २२, काठमाडौँ | भारतको चन्द्रयान–३ गत शनिवार (५ अगस्ट) मा चन्द्रमाको कक्षामा प्रवेश गरिसकेको छ । योसँगै चन्द्रयानले चन्द्रमाको पहिलो तस्बिर पठाएको छ । 

अघिल्लो महिना चन्द्रयान–३ मा आन्ध्र प्रदेशको श्रीहरिकोटाको स्पेस सेन्टरबाट १४ जुलाईमा प्रक्षेपण गरिएको थियो ।

चन्द्रयान–३ को ट्विटर ह्यान्डलमा लेखिएको छ – यो अन्तरिक्षयान चन्द्रमाको कक्षामा प्रवेश गरिरहेका बेला चन्द्रमा यस्तो देखिएको थियो ।

यो अभियानका लागि २३ अगस्ट सबैभन्दा महत्त्वपूर्ण मिति हो । यस दिन चन्द्रयानले दक्षिण ध्रुवमा सफ्ट ल्यान्डिङ गर्नुपर्छ । यो यस कारण पनि महत्त्वपूर्ण छ किनभने भारतको चन्द्रयान–२ यही चरणमा फेल भएको थियो । 

चन्द्रयान–३ मा एउटा ल्यान्डर, एउटा रोवर र एउटा प्रोपल्सन मोड्युल राखिएको छ । यसको जम्मा तौल ३,९०० किलोग्राम छ । 

यस मिसनमा चन्द्रयानको रोभर (सानो रोबोट) निस्कनेछ जसले चन्द्रमाको सतहमा अवतरण गर्नेछ र यसको पोजिसनिङ चन्द्रमाको दक्षिण ध्रुवमा हुनेछ । यतै रोभरले चन्द्रमाको यस भागमा खनिज, पानी आदि पाइन्छ के के पाइएला भनेर पत्ता लगाउनेछ ।

कुनै समयमा हामीले चन्द्रमामा कोलोनी बसाउन चाहेको खण्डमा यो खोजले हामीलाई मद्दत गर्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!