मणिपुरमा फेरि हिंसा: थप तीन जनाको मृत्यु

Posted on: 05 Aug, 2023

साउन २०, एजेन्सी | जातीय हिंसाबाट प्रताडित भारतको उत्तरपूर्वी राज्य मणिपुरको विष्णुपुर जिल्लामा गएराति भएको पछिल्लो हिंसामा तीन जनाले ज्यान गुमाएका छन् ।

बिहीवारदेखि नै उक्त जिल्लामा हिंसात्मक गतिविधि हुने आशङ्का गरेको प्रहरीले अमूल्य जीवन बचाउन नसकेकामा खेद प्रकट गरिएको छ । उक्त जिल्लामा गोली प्रहारका छिटपुट घटना सुनिएका तथा भीडभाड बढेका विवरण प्रहरीले प्राप्त गरेको थियो । 

यसैबीच, तीन महिनादेखि जातीय कलह र हिंसाबाट तहसनहस भएको मणिपुरमा राष्ट्रपति शासन लागू गर्न विपक्षीहरूले माग गरेका छन् । राज्यको मन्त्रिपरिषद्ले भने शुक्रबार राज्यपाल अनुसुया उइकेलाई विधानसभाको अधिवेशन यही अगस्ट २१ मा बोलाउन सिफारिस गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!