पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ, ३ वर्षको जेल सजाय

Posted on: 05 Aug, 2023

साउन २०, एजेन्सी | किस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफका अध्यक्ष इमरान खानलाई यहाँको ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ । साथै एक लाख रुपैयाँ जरिवाना पनि तोकेको छ । खानलाई निर्वाचन कसुरको धारा १७४ अन्तर्गत दोषी ठहर गरेको हो । 

यस प्रकरणमा पाकिस्तानको निर्वाचन आयोगले खानविरूद्ध मे १० मा उजुरी दिएको थियो।

साथै खानलाई शनिबार लाहोरस्थित निवासबाट पक्राउ गरिएको पाकिस्तानी समाचार संस्था डन न्युजले जनाएको छ । उनलाई कोट लखपत जेल लगिएको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!