एक लाख युआनसहित त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

Posted on: 03 Aug, 2023

साउन १८, काठमाडौँ | त्रिभुवन विमानस्थलबाट एक लाख युआनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले ५८ वर्षीय होङ होङलाई युआनको १०० सय दरका एक हजार थान नोटसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार होङ एयर चाइनाको विमानमार्फत चीनको छेन्दु प्रस्थान गर्ने तयारीमा थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!