भारतको मणिपुरमा जातीय झडप : कम्तीमा ४० को मृत्यु, हजारौँ विस्थापित

Posted on: 29 May, 2023

जेठ १५, काठमाडौँ | भारतको उत्तर पूर्वी राज्य मणिपुरमा जारी प्रदर्शनले हिंसात्मक रूप लिँदै गएको छ ।

बहुल मेइतेई जातिको आर्थिक कोटा विस्तार गर्ने योजनालाई लिएर आदिवासी समूह र मेइतेई समूह बिच गत मे ३ बाट सुरु भएको झडपका कारण हाल ४० जनाको मृत्यु भएको तथा हजारौँ विस्थापित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम अल्जाजिराले जनाएको छ ।

मृत्यु हुने मध्य २ जना भारतीय प्रहरी रहेका छन् ।

‘आतङ्ककारीहरूले M-16 र AK-47 आक्रमण राइफल र स्नाइपर बन्दुकहरू प्रयोग गरिरहेका छन्। उनीहरू धेरै घरहरू समेत जलाएका छन् ।’

मुख्यमन्त्री एन बिरेन सिंहलाई उध्रदत गर्दै अल्जाजिराले जनाएको छ ।

‘हामीले सेना र अन्य सुरक्षा बलको सहयोगमा उनीहरूविरुद्ध कडा कारबाही सुरु गरेका छौँ । हामीलाई प्राप्त रिपोर्ट अनुसार हाल सम्म ४० आतकंकारीहरुको मृत्यु भएको छ’, सिंहले भनेका छन् ।

बंगलादेश, चीन र म्यानमारको सिमाना रहेको यो क्षेत्रमा पहिलाबाट जातीय टकराबको अवस्था थियो । झडपबाट विशेष गरी कुकी समुदायलाई बढी क्षति पुगेको बताइएको छ ।

मेइतीलाई सरकारी जागिर तथा अन्य सुविधा सहितको कोटा सुनिश्चित गर्ने तयारी पश्चात सो क्षेत्रमा तनावको अवस्था सिर्जना भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!