जापानलाई उछिन्दै सबैभन्दा ठुलो कार निर्यात गर्ने देश बन्यो चीन

Posted on: 19 May, 2023

एजेन्सी | चीनले आफू विश्वको सबैभन्दा ठुलो कार निर्यात गर्ने देश भएको बताएको छ । यस वर्षको पहिलो तीन महिनामा चीनले कार निर्यातमा जापानलाई उछिनेको छ ।

यसअघि जापान विश्वको सबैभन्दा ठुलो कार निर्यात गर्ने देश थियो । गत हप्ता सार्वजनिक भएको तथ्याङ्क अनुसार चीनले यस वर्षको पहिलो तीन महिनामा १०.०७ लाख कार निर्यात गरेको छ ।

यो सन् २०२२ को पहिलो तीन महिनाको तथ्याङ्कभन्दा ५८ प्रतिशत बढी हो ।


जापानले यस वर्षको पहिलो तीन महिनामा ९ लाख ५४ हजार १८५ कार निर्यात गरेको छ ।

यो सन् २०२२ को पहिलो तीन महिनामा भएको निर्यातको तुलनामा ६ प्रतिशत बढी हो ।

रसियामा विद्युतीय कारको माग र कारको बिक्रीमा भएको वृद्धिका कारण चीनको निर्यात बढेको हो ।

गत वर्ष चीनले जर्मनीलाई उछिन्दै विश्वको दोस्रो ठुलो कार निर्यात गर्ने देश बनेको थियो । भन्सारको सामान्य प्रशासनका अनुसार सन् २०२२ मा चीनले ३२ लाख गाडी निर्यात गरेको थियो ।

जबकि जर्मनीले २६ लाख गाडी निर्यात गरेको थियो । वास्तवमा, चीनको कार बजारले विश्वव्यापी रूपमा विद्युतीय कारहरूको बढ्दो मागको फाइदा पाइरहेको छ ।

टेस्लाको चिनियाँ युनिट एसएआईसी चीनको सबैभन्दा ठुलो न्यु एनर्जी ह्विकल गाडीको निर्यातक हो ।

टेस्लाको संघाइमा निकै ठुलो इलेक्ट्रिक कार प्लान्ट छ । यहाँबाट जापान र युरोपेली बजारमा कार निर्यात गरिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!