भारतको केरलामा डुंगा पल्टिँदा बालबालिका सहित २१ जनाको मृत्यु

Posted on: 08 May, 2023

बैशाख २५, नयाँदिल्ली | भारतको केरलामा करिब ३० यात्रु बोकेको एउटा हाउसबोट पल्टिँदा कम्तीमा २१ जनाको ज्यान गएको छ ।

मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिक गएराति डुंगा दुर्घटना भएको हो ।

केरलाका पर्यटन मन्त्री पीए मोहम्मद रियासले पनि यस घटनाप्रति दुःख व्यक्त गरेका छन् । घटनाको जानकारी पाएपछि उनले यस दुर्घटनामा ज्यान गुमाउनेमा विशेषगरी बालबालिका रहेको बताए ।

प्राप्त जानकारी अनुसार विद्यालय बिदामा घुम्नका लागि आएका बालबालिकाहरु हाउसबोटमा सवार भइरहेको बेला उक्त घटना भएको हो । अझै पनि धेरै बालबालिका हराएको खबर आएको छ, जसको खोजीका लागि विशेष अभियान चलिरहेको छ । घटनास्थलमा पुगेको प्रहरी भने यस विषयमा सम्पूर्ण अनुसन्धानमा जुटेको छ । घटना कसरी भयो भन्ने बारेमा वरपरका मानिसहरूलाई पनि सोधपुछ भइरहेको छ।

सो दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई दुई–दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!