युरोपेली सङ्घ (ईयू)को शरणसम्बन्धी निर्णयमा ४० प्रतिशतले वृद्धि

Posted on: 29 Apr, 2023

बैशाख १६, ब्रसेल्स | सन् २०२२ मा युरोपेली सङ्घ (ईयू) का देशहरूले तीन लाख ८४ हजार २४५ शरणार्थीलाई सुरक्षाको व्यवस्था गरेका छन् । यो सन् २०२१ को दुई लाख ७५ हजार ४० बाट ४० प्रतिशतले वृद्धि हो । 

ईयूमा सन् २०२२ मा सुरक्षा प्रदान गरिएका तीन लाख ८४ हजार २४५ शरणार्थीमध्ये ४४ प्रतिशतले शरणार्थीको दर्जा, ३१ प्रतिशतले सहायक सुरक्षा र २५ प्रतिशतले मानवीय सुरक्षा पाएका छन् ।

सन् २०२१ को तुलनामा शरणार्थीको सङ्ख्यामा २२ प्रतिशत, सहायक सुरक्षामा ४८ प्रतिशत र मानवीय सुरक्षामा ७२ प्रतिशतले वृद्धि भएको छ । 

यसमा सबैभन्दा बढी योगदान जर्मनीको रहेको छ । जर्मनीले ईयूको कूल योगदानको ४१ प्रतिशत अर्थात् एक लाख ५९ हजार ३६५ जनालाई सेवा पु¥्याएको छ । 

त्यसैगरी, फ्रान्सले ४९ हजार ९९० अर्थात् १३ प्रतिशत, इटालीले ३९ हजार ६६० अर्थात् १० प्रतिशत र स्पेनले ३५ हजार ७६५ अर्थात् नौ प्रतिशत व्यक्तिलाई सुरक्षाको दर्जा दिइएको थियो । यी चार देशले संयुक्त रूपमा ईयू स्तरमा ७३ प्रतिशत सुरक्षा अनुरोधहरूलाई सेवा प्रदान गरे ।

सन् २०२२ मा युरोपेली सङ्घमा सुरक्षा प्राप्त गर्ने सबैभन्दा ठूलो समूह सिरियालीहरू थिए भने दोस्रो धेरै अफगानी थिए । ईयूमा सुरक्षा दर्जा प्राप्त गर्ने कूल सङ्ख्याको २९ प्रतिशत सिरियालीहरू रहेका थिए भने २३ प्रतिशत अफगानी र छ प्रतिशत भेनेजुयलाका नागरिक थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!