जिया खान मुद्दामा अभिनेता सुरज पंचोलीलाई सफाइ

Posted on: 28 Apr, 2023

एजेन्सी | फिल्म अभिनेता सुरज पंचोलीले जिया खान मुद्दामा सफाइ पाएका छन् । उनीमाथि अभिनेत्री जिया खानलाई आत्महत्या गर्न उक्साएको आरोप लागेको थियो । सीबीआई अदालतका न्यायाधीश एएस सैयदले सुरज पञ्चोलीलाई सफाइ दिने निर्णय सुनाएका हुन् । 

अदालतले प्रमाणको अभावमा सुरजलाई दोषी ठहर गर्न नसक्ने भन्दै सफाइ दिएको फैसला सुनाइएको छ ।  पञ्चोलीका वकिल प्रशान्त पाटिलले बीबीसी हिन्दीसँगको कुराकानीमा अभिनेत्री जिया खानलाई आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा मुम्बईको अदालतले सुरज पंचोलीलाई सफाइ दिएको जानकारी दिए ।


विशेष न्यायाधीश एएस सैयदको इजलासले २० अप्रिलमा यस मुद्दामा बहसको सुनुवाइ पूरा गरेको थियो । यसपछि निर्णय सुरक्षित राखिएको थियो ।

जुन ३, २०१३ मा २५ वर्षीय अमेरिकी नागरिक जियाको शव उनको जुहुको घरबाट शङ्कास्पद अवस्थामा भेटिएको थियो । त्यहाँ उनी आफ्नी आमासँग बस्दै आएकी थिइन् । 

त्यसपछि मुम्बई पुलिसले जिया खानलाई कूपर अस्पतालमा मृत अवस्थामा ल्याइएको जानकारी दिएको थियो । 

जियाले यस मामिलामा ६ पृष्ठको चिठी लेखेकी थिइन्, जसको आधारमा प्रहरीले सुरजलाई पक्राउ गरी आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो ।

मुम्बई प्रहरीले बरामद गरेको चिठी जिया खानले लेखेको सीबीआईले जनाएको छ ।

सन् २०२१ मा, सत्र अदालतले मुद्दाको अनुसन्धान सीबीआईले गरेका कारण यो मामिला आफ्नो न्यायिक क्षेत्रबाट बाहिर भएको बताएको थियो । त्यसपछि यो मुद्दा विशेष सीबीआई अदालतलाई सुम्पिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!