बार्सिलोना फर्कँदै मेस्सी ?

Posted on: 20 Mar, 2023

चैत ६, काठमाडौँ | अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेनसँगको करार नवीकरण नगर्ने चर्चाबीच उनी पुरानो क्लब बार्सिलोना फर्कने चर्चा सुरु भएको छ ।

फ्रान्सका सञ्चारमाध्यमहरूमा प्रकाशित रिपोर्टअनुसार पीएसजीसँग मेस्सीको करार नवीकरण यतिबेला असम्भवजस्तै देखिएको छ । बार्सिलोना यसको फाइदा उठाउँदै उनलाई क्लबमा भित्र्याउने तयारी गरिरहेको छ । 

यसअघि च्याम्पियन्स लिगको अन्तिम १६ बाट पीएसजी बाहिरिएसँगै बार्साका अध्यक्ष जोआन लापोर्टाले पर्दा पछाडि मेस्सीलाई फर्काउन प्रयास गरिरहेको समाचार पनि आएको थियो । 

मेस्सीको उच्च तलबको मागसँग पीएसजीका समर्थकहरू असन्तुष्ट रहेको बेला बार्सामा मेस्सीको स्वपनिल पुनरागमन सम्भव हुनसक्ने अनुमान गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!