अस्ट्रेलियामा धेर गर्मी भएपछि नदीमै मरे माछा, खतरनाक संकेत

Posted on: 19 Mar, 2023

एजेन्सी | अस्ट्रेलियाको न्यु साउथ वेल्समा रहेको मेनिन्डी शहरस्थित एक नदीमा माछाहरू मरेपछि स्थानीयहरू समस्यामा परेका छन् । 

मरेका माछा सडेपछि आएको गन्धका कारण मानिसहरू घरबाट बाहिर निस्कन सकेका छैनन् । 

शुक्रवार बिहान नदी किनारमा विशाल संख्यामा मरेका माछा नदी किनारमा देखिएका थिए ।  


उक्त राज्यको नदी प्राधिकरणले डार्लिङ–बाका नदीमा लूका कारण पानी धेर तातेर माछा मरेको जनाएको छ । 

तीन वर्षअघि पनि यसै गरी विशाल संख्यामा माछाहरू मरेका थिए । 

मानिसले गराएको जलवायु परिवर्तनका कारण लूहरू बारम्बार आउन थालेका छन् । तिनको तीव्रता पनि बढेको छ भने अवधि पनि लम्बिन थालेको छ । 

लगभग ३० किलेमिटर क्षेत्रमा मरेका माछा रहेको स्थानीय बासिन्दा ग्राएम मकक्राबले बताए । 

मेनिन्डीमा लगभग ५०० मानिस बस्छन् । डार्लिङ–बाका नदी मरे डार्लिङ बेसिनको एक भाग हो । त्यो अस्ट्रेलियाको सबभन्दा ठूलो नदी प्रणाली हो । 

माछाहरूको मृत्युले मरे डार्लिङ बेसिनका समस्याहरूलाई उजागर गरेको छ । सुक्खा तथा अत्यधिक दोहनका कारण मरे डार्लिङ पर्यावरणको स्वास्थ्यमा असर परेको छ । 

कृषि, उद्योग तथा मानव समुदायले नदी प्रणालीबाट पानी निकाल्दा उक्त नदीमा कम पानी बग्न थालेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!