समाज | तनहुँ - TNH


बन्दीपुरमा एक हप्ता लम्बियो बन्दाबन्दी

Posted on August 22, 2020 | views : 1926 | तनहुँ - TNH

भदौ ६, तनहुँ | बन्दीपुर गाउँपालिकाले बन्दाबन्दी थप एक हप्ता लम्ब्याएको छ । कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको र अझै पनि जोखिम कायमै रहेकाले गाउँपालिकाले भदौ ६ गते शनिबारदेखि १२ गतेसम्मलाई बन्दाबन्दी लम्ब्याएको हो । गाउँपालिकाले यस अगाडि साउन ३० गतेदेखि भदौ ५ गतेसम्मलाई बन्दाबन्दी गरेको थियो । कन्ट

Read More

मिर्गौला पीडितलाई साढे दुई लाख सहयोग

Posted on August 20, 2020 | views : 1548 | तनहुँ - TNH

कृष्ण न्यौपाने । भदौ ४, दमौली । तनहुँको म्याग्दे गाउँपालिका दभुङ घर भई हाल व्यास नगरपालिका–४ बस्ने दुवै मिर्गौला पीडित रामलाल श्रेष्ठको उपचारका लागि विदेशबाट साढे दुई लाख सहयोग जुटेको छ । दभुङ घर भई हाल रोजगारीका क्रममा विदेशमा रहेका नेपालीबाट मिर्गौला पीडित श्रेष्ठको उपचारका लागि रु दुई लाख ५० हजार

Read More

घरमै बसेर कोरोना जितेका पौडेल भन्छन् 'बाफ लिएँ, कागती र बेसारपानी पिएँ'

Posted on August 20, 2020 | views : 1850 | तनहुँ - TNH

भदौ ४, तनहुँ | तनहुँको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललाई गत साउन २८ गते कोरोना सङ्क्रमण भयो । साउन २२ गते भरतपुर अस्पतालमा स्वाब परीक्षण गराउनुभएका पौडेलको  कोरोना पोजिटिभ देखिएको थियो ।  त्यसदिनदेखि होम आइसोलेशनमा बस्नुभएका पौडल बुधबार निको हुनुभएको छ । पोखरामा गरिएको स

Read More

कोरोनाको लक्षण भएकी एक युवतीको मृत्यु

Posted on August 18, 2020 | views : 1707 | तनहुँ - TNH

भदौ २, दमौली (रासस) । तनहुँको बन्दीपुर गाउँपालिका–६ निवासी २९ वर्षीया एक युवतीको आज पोखरामा मृत्यु भएको छ । ग्यालेक्सी अस्पताल पोखरा पुगेको आधा घण्टामै ती युवतीको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आजै पोखरा पठाइएको थियो । डुम्रेस्थित एक मेडिकलमा सामान्य उपचारपश्चात् उनलाई पोखरा

Read More

कोभिड–१९ परीक्षण : कुरामै बित्यो दुई महिना

Posted on August 17, 2020 | views : 2106 | तनहुँ - TNH

भदौ १, तनहुँ । तनहुँमा कोभिड–१९ को शङ्कास्पद बिरामीका लागि दु्रत परीक्षण गर्न जिल्लामै पिसिआर मेशिन खरिद गर्ने भनी गरेको निर्णय दुई महिना बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । गत जेठ २८ गते तनहुँका स्थानीय तहका प्रमुखसहितको बसेको बैठकले जिल्लामै कोरोना परीक्षणका लागि मेशिन खरिद गर्ने निर्णय गर

Read More

तनहुँका तीन पालिकामा लकडाउन

Posted on August 16, 2020 | views : 1299 | तनहुँ - TNH

साउन ३२, दमौली । कोरोना जोखिम बढेपछि तनहुँका तीन वटा पालिकाले लकडाउन घोषणा गरेका छन् । बन्दीपुर, देवघाट गाउँपालिका र भानु नगरपालिकाले आ–आफ्नो पालिकाभित्र लकडाउन घोषणा गरेका हुन् । बन्दीपुर गाउँपालिकाले शुक्रबारदेखि भदौ ५ गतेसम्म अत्यावश्यक सेवा बाहेकका सबै पसल, बैङ्क तथा वित्तीय संस्था लगायत बन्द गर

Read More

गण्डकी प्रदेशमा कोरोना निको हुने दर उच्च, आज १८ जना सङ्क्रमित थपिए

Posted on August 15, 2020 | views : 3377 | तनहुँ - TNH

साउन ३१, कास्की । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको निको हुने दर उच्च रहेको छ । प्रदेशमा शुक्रबार साँझसम्म एक हजार ६८२ जना सङ्क्रमित भएकामा एक हजार ५२० जना अर्थात् ९० दशमलव ३७ प्रतिशत निको भएका छन् ।  सङ्क्रमितमध्येमा १५७ जना विभिन्न जिल्लास्थित आइसोलेसन कक्षमा उपचार गराइरहेका छन् भने पाँच जना

Read More

गोरु काटेर मासु खाएको अभियोगमा तीन जना पक्राउ

Posted on August 10, 2020 | views : 1555 | तनहुँ - TNH

साउन २६,  दमौली । गोरु काटेर मासु खाएको अभियोगमा जिल्ला प्रहरी कार्यालयले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका–१ बाख्रे बस्ने २२ वर्षीय मिलन नेपाली, सोही ठाउँका २२ वर्षीय विनोद थापा र ४५ वर्षीय विमलाल सुनार रहेका छन् ।  विसं २०७६ चैत ३० गते कास्कीको साविक लेखनाथ न

Read More

तनहुँमा समुदायस्तरमा कोरोना परीक्षण

Posted on August 10, 2020 | views : 1173 | तनहुँ - TNH

साउन २६,  दमौली । समुदायस्तरमा कोरोना सङ्क्रमणको अवस्था पहिचान गर्न तनहुँका विभिन्न क्षेत्रका व्यक्तिको पिसिआर परीक्षण गरिएको छ । बढी मानिसको भीडभाड हुने कार्यालय, सुरक्षाकर्मी, सवारी चालक, ग्यारेज वर्कसप, बैंक तथा वित्तीय संस्था, कपाल काट्ने नाईलगायतको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयल

Read More

काठमाडौँ सहित यी ७ जिल्ला कोरोनाको 'रेडजोन'मा, कहाँ कति संक्रमित ?

Posted on August 10, 2020 | views : 33831 | तनहुँ - TNH

साउन २६, काठमाण्डौ | नेपालमा कोरोना महामारी बढेको छ । लकडाउन खुलेसँगै काठमाण्डौ सहित बिभिन्न जिल्लामा गतिबिधि बढेको कारण कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा ९० जना र ललितपुरमा दुई जना सङ्क्रमित थपिएका छन् । योसँगै काठमाण्डौ

Read More

नगरपालिकाद्वारा सार्वजनिक बिदा

Posted on August 09, 2020 | views : 1375 | तनहुँ - TNH

साउन २५, तनहुँ । व्यासनगरपालिकाले आज नगरक्षेत्रमा सार्वजनिक बिदा दिएको छ । २०७६ माघ २४ गते बसेको  नगरपालिकाको ३२औँ नगरसभा बैठकबाट २६औँ विश्व आदिवासी दिवसको दिन बिदा गर्ने निर्णय गरेको थियो हो ।  व्यास नगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाको (अत्यावश्यकबाहेक)

Read More

बुबा मिर्गौलापीडित, छोराको करेन्ट लागेर मृत्यु

Posted on August 07, 2020 | views : 1493 | तनहुँ - TNH

साउन २३, दमौली। साविक जामुने गाविसको गुणादी दभुङ घर भई हाल व्यास नगरपालिका–४ मा बस्दै आउनुभएका रामलाल श्रेष्ठको दुवै मिर्गौलाले काम गर्न छाडेको १८ महिना भयो । लामो समयसम्म शिक्षण पेशामा आबद्ध श्रेष्ठले त्यसयता नियमित डायलासिस गर्दै आउनुभएको छ । केही समय पोखरामा डायलासिस गराउनुभएका श्रेष्ठले हाल दमौल

Read More

जबर्जस्ती करणी मुद्दाका अभियुक्तलाई जन्मकैद

Posted on August 06, 2020 | views : 1598 | तनहुँ - TNH

साउन २२, तनहुँ | जबर्जस्ती करणी मुद्दामा जिल्ला कारागारको थुनामा रहेका एक अभियुक्तलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश वासुदेव पौडेलको बुधबारको इजलासले भीमाद नगरपालिका–९ का शङ्कर परियारलाई जन्मकैदको फैसला सुनाएको हो । साथै पीडितलाई क्षतिपूर्तिबापत रु ५० हजार पीडकबाट दिलाउन

Read More

चितुवाको आक्रमणबाट डेढ वर्षीय बालकको मृत्यु

Posted on August 06, 2020 | views : 1616 | तनहुँ - TNH

चैत २२, तनहुँ | चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारमा बुधबार राति डेढ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका छोरा रोहन राना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । घरको पिढीमा बसिरहेको बेला चितुवाको आक्रमणमा परेर बालकको मृत्यु भएको

Read More

बाढी पहिराका कारण तनहुँमा एकसय ५६ घरपरिवार विस्थापित

Posted on August 03, 2020 | views : 1334 | तनहुँ - TNH

साउन १९, तनहुँ । बाढी पहिराका कारण तनहुँमा एकसय ५६ घरपरिवार विस्थापित भएका छन् ।  घर भत्किएका र उच्च जोखिममा रहेका घरपरिवार विस्थापित भएका हुन् । त्यस्ता परिवारलाई छिमेकीको घर, सामुदायिक भवन र विद्यालयमा स्थानान्तरण गरिएको पालिका कार्यालयले जनाएका छन् ।   असारको अन्तिम र साउनको पहिलो

Read More

नदीले बगाएर एक बेपत्ता

Posted on August 02, 2020 | views : 1411 | तनहुँ - TNH

साउन १८, तनहुँ | तनहुँको व्यास नगरपालिका–५ स्थित सेती नदीले बगाएर शनिबार एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा व्यास नगरपालिका–१ डाँडागाउँ बस्ने ३५ वर्षीय रामकुमार दर्जी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  पौडी खेल्ने क्रममा बगाएर बेपत्ता भएका दर्जीको खोजी भइरहेको कार्यालयका प्रहरी ना

Read More

मास्क प्रयोग नगर्नेलाई कारवाही

Posted on August 02, 2020 | views : 1380 | तनहुँ - TNH

साउन १८, तनहुँ | मास्क प्रयोग नगरी हिँडडुल गर्ने ३३० जनालाई प्रहरीले कारवाही गरेको छ । बुधबारदेखि शनिबारसम्म ती व्यक्तिलाई कारवाही गर्दा रु ३३ हजार राजश्व सङ्कलन भएको छ ।  प्रहरीले शनिबार १००, शुक्रबार ५८, बिहीबार ७२ र बुधबार १०० लाई कारवाही गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकार

Read More

रोकिएन चितुवाको आक्रमण, गएराति एक बालिका घाइते

Posted on August 02, 2020 | views : 1268 | तनहुँ - TNH

साउन १८, तनहुँ | तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा गएराति चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा १० वर्षीया अमिषा थापा रहेको डिभिजन वन कार्यालयले जनाएको छ । घरको आँगनमा बसिरहेको बेला चितुवाको आक्रमणबाट घाइते भएकी बालिकालाई राति नै उपचारका लागि भरतपुर पठाइएको कार्यालयका

Read More

अश्लिल फोटो बनाएर सामाजिक सञ्जालमा पठाउने एक पक्राउ

Posted on August 01, 2020 | views : 1701 | तनहुँ - TNH

साउन १७, तनहुँ | प्रहरीको साइवर ब्यूरोले अश्लिल भिडियो बनाएर सामाजिक सञ्जालमा पठाउने एकजनालाई पक्राउ गरेको छ ।  ब्यूरोको टोलीले तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया बालिकाको फेसबुकमा नक्कली आइडी बनाएर आफन्तलाई पठाउने तनहुँका सविनराज मिश्रलाई शुक्रबार पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी वरि

Read More

मास्क प्रयोग नगर्नेलाई जरिवाना

Posted on July 31, 2020 | views : 1674 | तनहुँ - TNH

साउन १६, तनहुँ | मास्क प्रयोग नगरी हिँडडुल गर्ने ७२ जनालाई प्रहरीले बिहीबार जरिवाना गरेको छ । कोभिड–१९ को जोखिम कायमै रहेकाले घरबाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न पटक–पटक अनुरोध गरे पनि उक्त अनुरोध अटेरी गर्नेलाई कारवाही गरिएको प्रहरीले जनाएको छ । मास्क प्रयोग नगरी पैदल हिँड्ने र सवारी चलाउने

Read More

भैसिकिलेका छ घरपरिवारलाई स्थानान्तरण

Posted on July 31, 2020 | views : 1322 | तनहुँ - TNH

साउन १६, तनहुँ | पहिरोको जोखिममा रहेका तनहुँको ऋषिङ गाउँपालिका–८ भैसिकिलेका छ घरपरिवारलाई सुरक्षित स्थानमा सारिने भएको छ । गत असार २९ गते पहिरोले घर पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएपछि जोखिमपूर्ण बसोबास रहेको यहाँका ती घरपरिवारलाई गाउँपालिकाले सुरक्षित स्थानमा सार्न लागेको हो । हाल बसिरहेको

Read More

प्रकोपका जोखिम पहिचान गर्दै तनहुँका स्थानीयतहरु

Posted on July 30, 2020 | views : 1501 | तनहुँ - TNH

कृष्ण न्यौपाने । साउन १५, दमौली । तनहुँ जिल्लाका स्थानीय तहहरुले मनसुनको समयमा प्रकोपका जोखिम हुनसक्ने सम्भावित स्थानको पहिचान गर्ने भएका छन् । जिल्लाका विभिन्न स्थानमा यस वर्ष बाढी पहिरामा पुरिएर १३ जनाको ज्यान गइसकेको र अझै पनि प्रकोपका जोखिम हुनसक्ने बताइएको छ ।  यस्तो अवस्थालाई ध्यादिँदै स्

Read More

दमौली–डुम्रे सडकखण्डमा सवारी प्रवेशमा रोक

Posted on July 25, 2020 | views : 1374 | तनहुँ - TNH

साउन १०, तनहुँ | पृथ्वीराजमार्गअन्तर्गत दमौली डुम्रे सडक खण्डमा शनिबार सबै सवारी प्रवेशमा रोक लगाइएको छ । शुक्रबार र शनिबार ठूला सवारीबाहेक साना सवारीलाई प्रवेशमा अनुमति दिने जिल्ला प्रशासनको निर्णय भए पनि पुनः समस्या आएकाले सबै सवारी प्रवेशमा रोक लगाइएको हो । वैकल्पिक मार्गमा शुक्रबार ग्राबेल राखी

Read More

पहिराले पुरेर दुई महिला बेपत्ता

Posted on July 20, 2020 | views : 1629 | तनहुँ - TNH

साउन ५, तनहुँ | तनहुँको भानु नगरपालिका–९ पुर्काेटमा पहिराले पुरिएर आज दुई महिला बेपत्ता भएका छन् । स्थानीय महेन्द्र धौरादीको घर पहिराले भत्किएर दुई महिला बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  उद्धारका लागि पुर्कोटबाट प्रहरी टोली घटनास्थल जाँदै गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल

Read More

नेपालमा अझै पाँच दिन भारी वर्षा हुने

Posted on July 20, 2020 | views : 27064 | तनहुँ - TNH

असार ५, काठमाण्डौ | नेपालमा अझै पाँच दिनसम्म भारी वर्षात हुने भएको छ ।  न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री

Read More

पहिरोले खोस्यो खुशी : विदेश जाने सपना पहिरोमा बिलायो

Posted on July 14, 2020 | views : 1666 | तनहुँ - TNH

कृष्ण न्यौपाने । असार ३०, दमौली । केही दिनदेखि भीषण वर्षाको खबर सुन्नुभएका तनहुँको ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैँसीकिलीका आनबहादुर थापालाई आइतबार रातिदेखि नै निद्रा परेको थिएन । उहाँ र श्रीमती ज्योतिमाया पुरानो घरमा सुत्ने तर्खर गर्दै हुनुहुन्थ्यो ।  पुरानो घरसँगै जोडिएको नयाँ घरमा भने उहाँहरुक

Read More

पहिरामा पुरिएका दश जनाको शव भेटियो

Posted on July 13, 2020 | views : 1772 | तनहुँ - TNH

असार २९, तनहुँ | तनहुँका विभिन्न ठाउँमा पहिराले पुरिएर बेपत्ता भएका दश जनाको शव भेटिएको छ । आइतबार रातिदेखि परेको भीषण वर्षाले घर पुरिँदा बेपत्ता भएका ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाका १२ जनामध्ये दश जनाको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  बेपत्ता रहेका दुई जना भने अझै फेला प

Read More

घाँसीकुवा जोगाउन माग

Posted on July 13, 2020 | views : 1596 | तनहुँ - TNH

असार २९, तनहुँ । आदिकवि भानुभक्त आचार्यले घाँसीबाट प्रेरणा पाएर साहित्यिक रचना गरिएको स्थान  घाँसीकुवा संरक्षणको अभावमा परेको छ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार गर्ने क्रममा घाँसीले बनाएको कुवाको अस्तित्व नै मेटिने होकि भन्नेमा स्थानीयवासी चिन्तित भएका छन् ।  सडक विस्तारसँग

Read More