समाज | तनहुँ - TNH


भारतीय तीर्थयात्रु सवार बस तनहुँमा दुर्घटना, २७ यात्रु घाइते

Posted on September 16, 2019 | views : 2530 | तनहुँ - TNH

भदौ ३०, तनहुँ | पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस सोमबार बिहान अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।

Read More

नागरिकता र राहदानी लिनेको सङ्ख्यामा वृद्धि

Posted on September 11, 2019 | views : 1709 | तनहुँ - TNH

भदौ २५, तनहुँ | वर्षैपिच्छे नागरिकता र राहदानी लिनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०७५÷७६ मा १० हजार पाँच नेपाली नागरिकता वितरण गरेको छ । कार्यालयले वंशजका आधारमा १० हजार पाँच र वैवाहिक अङ्गीकृत २० गरी कूल १० हजार २५ नागरिकता वितरण गरेको हो । त्यसैगरी, पाँच हजार ६७९

Read More

युवतीलाई मोबाइलमा यौनजन्य कुरा गरी अभद्र व्यवहार गरेको आरोपमा वडाध्यक्षद्वारा आत्मसमर्पण

Posted on August 26, 2019 | views : 2197 | तनहुँ - TNH

भदौ ९, दमौली (रासस) । आफ्नै वडाकी एक युवतीलाई मोबाइल फोनमा यौनजन्य कुरा गरी अभद्र व्यवहार गरेको आरोपमा तनहुँको व्यास नगरपालिका–६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीले प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ ।  भण्डारीविरुद्ध सोही वडाकी एक युवतीले फोनमार्फत यौनजन्य आशयका कुरा गरेको भन्दै आइतबार जिल्ला प्र

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25208 | तनहुँ - TNH

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

Posted on August 19, 2019 | views : 2028 | तनहुँ - TNH

भदौ २, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।  मृत्यु हुनेमा भानु नगरपालिका–५ बस्ने ३९ वर्षीय सुदीपराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा सोही ठाउँ निवासी

Read More

तनहुँमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

Posted on August 15, 2019 | views : 1437 | तनहुँ - TNH

साउन ३०, काठमाडौँ | पृथ्वीराजमार्गमा आज भएका  छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।   दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग९प ४२६५ नंको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा२१च २८३० नंको कार व्यास नगरपालिका–१२ कमलबारीमा एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो । कार

Read More

अज्ञात समूहद्वारा घाँटी रेटेर हत्या

Posted on August 13, 2019 | views : 1706 | तनहुँ - TNH

साउन २८,  तनहुँ | तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँटी रेटेर हत्या भएको छ । पहिचान नखुलेको व्यक्ति वा समूहले शाहीको घाँटी रेटेर हत्या गरेको हो । शाहीको शव बन्दीपुर गाउँपालिका–४ स्थित ढुल्ढुङ्गाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका

Read More

दुई हप्तामै भत्कियो कालोपत्रे, ट्याक्टरलाई दोष !

Posted on August 12, 2019 | views : 1738 | तनहुँ - TNH

साउन २७, दमौली । तनहुँको व्यास नगरपालिका–१२ स्थित छाब्दीबाराही जाने बाटो कालोपत्र भएको दुई हप्तामै भत्किएको छ । दमौलीदेखि प्रसिद्ध धार्मिकस्थल छाब्दीबाराही मन्दिरसम्म जाने छाब्दी मार्गमा कालोपत्र गर्नेबित्तिकै ट्र्याक्टर गुडाएका कारण भत्किएको स्थानीयको भनाइ छ । खोलाबाट कच्ची बाटो हुँदै सामान बोकेर आ

Read More

तनहुँमा महिला र बालकको शव भेटियो

Posted on August 10, 2019 | views : 2055 | तनहुँ - TNH

साउन २५, तनहुँ | तनहुँको देवघाट गाउँपालिका–५ भुवनटारस्थित त्रिशूली नदीमा एक महिला र बालकको शव फेला परेको छ । त्रिशूली नदीको किनारमा शुक्रबार अन्दाजी २५/२६ वर्षीया महिला र छ/सात वर्षको बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । मृत फेला परेका महिला र बालकको नाम र ठ

Read More

तनहुँको बन्दीपुरमा बस दुर्घटना १९ घाइते, २ जनाको अवस्था गम्भीर

Posted on August 04, 2019 | views : 1712 | तनहुँ - TNH

साउन १९,  तनहुँ  | तनहुँको बन्दीपुर गाउँपालिका-५ ढाँपमा आइतबार विहान बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । चितवनको नारायणगढबाट बाग्लुङ जाँदै गरेको बा ४ख ५९८८ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना हुँदा बसमा सवारी १९ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय डुम्रेले जानकारी दिएको छ । घाइते

Read More

चितुवाको आक्रमणबाट घाइते बालकलाई सहयोग

Posted on July 30, 2019 | views : 1500 | तनहुँ - TNH

साउन १४, चितवन  | चितुवाको आक्रमणबाट घाइते भएका तनहुँको भानु नगरपालिका–२ ठूलो बगैँचाका छ वर्षीय बालक हेमराज सुनुवार राईको उपचारार्थ भानु नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।  आइतबार राति शौचालय जाने क्रममा चितुवाको आक्रमणबाट घाइते भई चितवन मेडिकल कलेजमा उपचाररत बालकको उपचारमा सहयोग गर्ने उद्

Read More

तनहुँमा सामुदायिक वनको आम्दानीबाट उपभोक्ताको स्वास्थ्य बीमा

Posted on July 29, 2019 | views : 1730 | तनहुँ - TNH

साउन १३, तनहुँ  | तनहुँ को म्याग्दे गाउँपालिका–५ स्थित फूलबारी सामुदायिक वनको आम्दानीबाट उपभोक्ताको स्वास्थ्य बीमा गरिएको छ । वन पैदावर बिक्रीबाट प्राप्त आम्दानीबाट सामुदायिक वनका ८२ घरधुरीको स्वास्थ्य बीमा गरिएको हो । गत वर्ष रु २० लाख आम्दानी भएको सामुदायिक वनबाट स्वास्थ्य बीमाका लागि प्रति प

Read More

तनहुँमा दुई सय ६३ घरधुरी लालपुर्जाविहीन

Posted on July 28, 2019 | views : 1395 | तनहुँ - TNH

साउन १२, तनहुँ | तनहुँको व्यास नगरपालिका–३ स्थित देउरालीनगरका २६३ घरधुरी लालपुर्जाविहीन अवस्थामा छन् । वर्षौदेखि जग्गा भोगचलन गरी बसोबास गर्दै आएका उक्त घरधुरी लालपुर्जाविहीन अवस्थामा रहेका हुन् । विसं २०४० देखि अव्यवस्थितरूपमा बसोबास गर्दै आइरहेका स्थानीयवासीको माग सुनुवाइ नहुँदा लालपुर्जाविहीन अवस

Read More

सेतीनदीले बगाउँदा एक जना बेपत्ता

Posted on July 25, 2019 | views : 1737 | तनहुँ - TNH

साउन ९, तनहुँ । सेतीनदीले बगाउँदा तनहुँमा आज एक व्यक्ति बेपत्ता भएका छन् । यसरी बेपत्ता हुनेमा जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटार निवासी ६३ वर्षीय हीराबहादुर आलेले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  माछा मार्ने क्रममा आलेलाई नदीले बगाएपछि स्थानीय र प्रहरी टोलीद्वारा खोजीकार्य भइरह

Read More

पाँच जिल्ला हेर्ने कार्यालयमा दुई कर्मचारी मात्रै

Posted on July 25, 2019 | views : 1492 | तनहुँ - TNH

साउन ९, तनहुँ | पाँच जिल्ला कार्यक्षेत्र रहने गरी तनहुँको दमौलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना भयो । तनहुँसहित गोरखा, लमजुङ, मनाङ र नवलपुरको जिम्मेवारीसहित २०७५ साल कात्तिक १५ गते डिभिजन कार्यालय दमौलीमा स्थापना भएको हो ।  ती पाँच जिल्लाको खाद्यान्न अनुगमन गर्ने जिम्म

Read More

बेलको जुसतर्फ आकर्षण बढ्दै

Posted on July 25, 2019 | views : 1427 | तनहुँ - TNH

साउन ९, तनहुँ | वनमा खेर गइरहेको बेललाई सदुपयोग गरी बेलको जुस उत्पादन गर्न थालेपछि जुस सेवन गर्ने मानिसको सङ्ख्या बढ्दै गएको छ । तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित नमूना माउन्टेन सामुदायिक बेल जुस उद्योगले बेलको जुस उत्पादन गर्न थालेपछि यसतर्फ मानिसको आर्कषण बढ्दै गएको हो । बेलको जुस सेवनबाट

Read More

तनहुँमा सवारीसाधनको ठक्करबाट एकको मृत्यु

Posted on July 25, 2019 | views : 1620 | तनहुँ - TNH

साउन ९, तनहुँ (रासस) | पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट आज बिहान तनहुँमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बगुवा बस्ने ७९ वर्षीय खड्कबहादुर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सवारीसाधनको ठक्करबाट घाइते भएका दर्लामीको अस्पताल लैजाने क्रममा

Read More

अस्पताल नखोल्न निर्देशन

Posted on July 22, 2019 | views : 1603 | तनहुँ - TNH

साउन ६, तनहुँ  | तनहुँ जिल्ला प्रशासन कार्यालयले दमौली बजारमा सञ्चालित ने–कोर्यो अस्पताल बन्द गर्न  निर्देशन दिएको छ । अस्पतालमा कार्यरत चार चिकित्सकको अनुमतिपत्रको म्याद सकिएकाले प्रशासन कार्यालयले अनुमतिपत्र नवीकरण नभएसम्मका लागि उक्त अस्पताल नखोल्न निर्देशन दिएको हो  अस्पतालमा कार्

Read More

तनहुँमा दुर्घटनामा परी एक वर्षमा ६१ जनाको मृत्यु

Posted on July 22, 2019 | views : 1657 | तनहुँ - TNH

साउन ६, दमौली, आर्थिक वर्ष ०७५-७६ तनहुँ जिल्लामा ६१ जनाले दुर्घटनामा परी ज्यान गुमाएका छन् । जिल्लाको विभिन्न भागमा  भएका १०६ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो । अघिल्लो आर्थिक वर्ष ११२ दुर्घटनामा ६५ जनाको मृत्यु भएको थियो ।  तनहुँ जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार

Read More

पहिरोको जोखिममा तनहुँका ३६ वडा

Posted on July 21, 2019 | views : 1713 | तनहुँ - TNH

साउन ५, तनहुँ |  केही दिनअघि परेको वर्षापछि आएको बाढी र पहिरामा परी देशका विभिन्न जिल्लामा ६९ जनाको ज्यान गयो । अरु ३८ जना घाइते भए र ३१ जना बेपत्ता छन् । हजारभन्दा बढी घरपरिवार विस्थापित भए । प्रत्येक वर्ष बाढी र पहिराबाट धेरै नेपालीले ज्यान गुमाइरहेका छन् ।  तनहुँ जिल्लामा यस वर्ष बाढी र

Read More

तनहुँमा ७ हजार ८ सय घरधुरीको पुनः जाँच सर्वेक्षण

Posted on July 21, 2019 | views : 1622 | तनहुँ - TNH

साउन ५, तनहुँ | तनहुँ जिल्लाका सात हजार ८३५ घरधुरीको छुट तथा पुनः जाँच सर्वेक्षण गरिएको छ । भूकम्पपीडितको लाभग्राहीमा नपरेका सर्वसाधारणको गुनासोको आधारमा तनहुँ जिल्लामा वैशाख १९ गतेदेखि शुरु भएको छुट तथा पुनः जाँच सर्वेक्षणमा १० स्थानीय तहका सात हजार ८३५ घरधुरीको सर्वेक्षण सकिएको जिल्ला आयोजना कार्य

Read More

तनहुँमा ४ लाख ८ हजार बिरुवा वितरण

Posted on July 16, 2019 | views : 1812 | तनहुँ - TNH

असार ३१,  तनहुँ  | डिभिजन वन कार्यालयले आर्थिक वर्ष ०७५-७६ मा करीब चार लाख बिरुवा वितरण गरेको छ । जिल्लालाई हरियाली बनाउन र स्वच्छ वातावरण कायम राख्ने उद्देश्यले चार लाख आठ हजार ७५ बिरुवा वितरण गरिएको कार्यालयले जनाएको छ  सङ्घीय सरकार, प्रदेश सरकार र तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19982 | तनहुँ - TNH

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

सरकार गैरजिम्मेवार भानुभक्तको जन्मघरअझै पुनःनिर्माण हुन सकेन

Posted on July 14, 2019 | views : 1708 | तनहुँ - TNH

असार २९, तनहुँ | संरक्षणको अभावमा जीर्ण बन्दै गएको भानुभक्त आचार्यको जन्मघर पुनःनिर्माण नहुँदा जिल्लावासी निराश बनेका छन् । तनहुँको भानु नगरपालिका–४ शिखरकटेरीस्थित भानुगृह पुनःनिर्माण नभएकाले जिल्लावासीमा निराशा छाएको हो ।  नेपाली भाषाका धरोहर आदिकवि आचार्यले नेपाली साहित्यिक क्षेत्रमा उल्लेखनी

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18918 | तनहुँ - TNH

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

कारागारका कैदीमा छालाजन्य रोग

Posted on July 05, 2019 | views : 1589 | तनहुँ - TNH

असार २०,  तनहुँ | तनहुँको कारागारमा रहेका कैदीबन्दीमा छालाजन्य रोग देखापरेको छ । कारागारमा रहेका १३९ कैदीबन्दीमध्ये १०-१२ जना कैदीबन्दीमा छालाजन्य रोग देखापरेको हो ।  एक महीनाअघि २०-२५ जनामा छालासम्बन्धी समस्या रहेकामा हाल उपचारपछि कमी आएको  कारागारका स्वास्थ्य सहायक सक्षम घिमिरेले बत

Read More

तनहुँमा भैँसी फार्ममा आगलागी हुदाँ २८ वस्तु मरे

Posted on July 05, 2019 | views : 1672 | तनहुँ - TNH

असार २०, तनहुँ  | तनहुँको शुक्लागण्डकी नगरपालिका–७ को टुडास्थित खुर्सानीबारीमा रहेको भैँसी फार्ममा गए राति आगलागी हुँदा १३ भैँसी र १५ खरायो गरी २८ वस्तु मरेका छन् । कृषक रामकली भण्डारीको गोठमा रातको समयमा अचानक आगलागी हुँदा पशु चौपाया तथा अन्य भौतिक संरचना जल्दा करीब रु २० देखि २२ लाखसम्म क्षति

Read More

पोखरीमा डुबेर दुई बालकको मृत्यु

Posted on July 02, 2019 | views : 1689 | तनहुँ - TNH

असार १७,  तनहुँ  | तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित माछापुच्छ«े इँट्टाभट्टाको पोखरीमा डुबेर आज दिउँसो दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने सात वर्षीय सुन्दर शाही र चार वर्षीय किस्मत शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विद्यालयबाट फर्कने क्रममा

Read More