तनहुँ–१ को एउटा वडामा सर्वेन्द्रको अग्रता, स्वर्णिम तेस्रो स्थानमा

Posted on: 24 Apr, 2023

वैशाख ११, तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा जारी मतगणनामा एउटा वडामा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले अग्रता लिएका छन् । उनले देवघाट गाउँपालिका–१ मा अग्रता लिएका हुन् । 

खनाल यो वडामा ४ सय ९४ मतसहित अग्रस्थानमा छन् । वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३ सय ३३ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्लेले २ सय ७८ मत प्राप्त गरेका छन् ।

यद्यपि समग्रमा मतगणनामा भने एमालेका खनाल तेस्रो स्थानमा छन् । पछिल्लो मतपरिणामअनुसार २३ हजार मत गन्दा तेस्रोमा रहेका खनालले ३ हजार ८०२ प्राप्त गरेका छन् ।

शीर्ष स्थानमा रहेका रास्वपाका वाग्लेले ११ हजार ६७७ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका भट्टराईले ६ हजार ७८७ मत प्राप्त गरेका छन् । तनहुँ–१ मा सुरुवातदेखि नै वाग्ले अग्रस्थानमा छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!