३२ लाख रुपैयाँमा बिक्यो यो साँढेको वीर्य !

Posted on: 09 Feb, 2023

माघ २६, काठमाडौँ | एजेन्सी | सायद यो साँढे संसारकै सबैभन्दा मूल्यवान वीर्य भएको साँडे हो । एक लिलामीका क्रममा यसको वीर्य लाखौँ रुपैयाँमा बिक्री भएको छ ।

रोचक त के भने वीर्य खरिदकर्ताले लिलाम बढाबढमा त्यसका लागि अझै धेरै रकम तिर्न पनि तयार थिए । तर अन्ततः उनले करिब ३२ लाख रुपैयाँ मूल्यमा साँडेको वीर्य खरिद गर्न सफल भए ।


अष्ट्रेलियाको नर्थ क्विन्सल्याण्डका किसान मार्क र पाम प्रिचर्डले आफ्नो फार्ममा पालेका गाईहरूका लागि कृत्रिम गर्भाधान तर उत्तम वीर्यको खोजीमा थिए । त्यहीँ क्रममा उनीहरूले Big Country Brahman Sale मा एउटा साँढेको १० नली वीर्य कुल २४ हजार डलरमा खरिद गरे । त्यसक्रममा प्रतिनली २४ सय डलर मूल्य परेको छ ।

वास्तवमा उक्त साँढे चानचुने होइन । सन् २०१७ मा करिब चार करोड ३० लाख (३ लाख २५ हजार डलर) रुपैयाँ ऐतिहासिक मूल्यमा बिक्री भएसँगै त्यो साँढे चर्चामा आएको थियो ।

पशु प्रजनन कम्पनी Elrose Brahman Stud का सञ्चालक रोजर र लरिना जेफरिजले उक्त साँडे खरिद गरेका थिए । उक्त साँढे त्यतिबेलाको सबैभन्दा महँगो कीर्तिमानी साँढे बनेको थियो । यो साँढे अहिले सात वर्षको भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!