महिलाले कुकुर झैँ घुमाउँदैछिन् यी पुरुषलाई, फोटो बन्यो भाइरल

Posted on: 13 Sep, 2016

भदौ २८, बेईजिंग | चीनमा केहि अचम्म लाग्ने फोटोहरु इंटरनेटमा भायरल भईरहेको छ । यी फोटोहरुमा एक महिलाले जनावरलाई झैँ एक जना पुरुषलाई घुमाएकी देख्न सकिन्छ । पुरुषको घांटीमा कुकुरको सांग्लाले बाँधिएको छ र उक्त सांग्ला महिलाको हातमा छ । पीपुल्स डेलीको रिपोर्ट अनुसार, यो दृश्य ९ सेप्टेम्बरमा फुजियान प्रान्तको फुझोऊमा देखिएको थियो । यो दृश्य हेर्न रोडमा मानिसहरुको लाईननै लागेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । भीड कन्ट्रोल गर्नको लागि प्रहरीनै आउनुपरेको थियो । 

दृश्यमा पुरुषले घुडाले टेकेर रोडमा हिड्दै थिए भने उसलाई एउटी महिलाले उसलाई बीच-बीच सडकबाट डोर्याईरहेको देखिन्थ्यो । केहि बेरपछी प्रहरीले ति युवकको घांटीमा बाँधिएको सांग्ला निकालेको थियो ।

यो घटनाको फोटोहरु ९ सेप्टेम्बरका दिन सामाजिक संजाल वीबोमा अपलोड गरिएको थियो । यसलाई पोस्ट गर्ने यूजरले उक्त व्यक्तिले एउटा जनावरलाई सांग्लाले बाँधेर सडकमा घुमाउदै गरेको भनेर लेखेका थिए । उक्त व्यक्तिको सामाजिक संजालमा एक जनाले कमेन्ट गर्दै लेखेका थिए कि 'यदी यो कुकुरनै हो भने यसलाई किन कपडा लगाइयो ?' के कारण यसरी ति पुरुषलाई कुकुरलाई झैं बाँधेर घुमाइयो भन्ने बिषय बाहिर आउन सकेको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!